तनहुँमा बाटो खनेको डोजर हेर्न जादा ढुंगाले लागेर २ वर्षीय बालकको घटनास्थलमै मृत्यु

तनहुँमा बाटो खनेको डोजर हेर्न जादा ढुंगाले लागेर २ वर्षीय बालकको घटनास्थलमै मृत्यु

dozar

प्रतिकात्मक तस्विर

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५, लेस्थरमा ढुङ्गाले लागेर २ वर्षीय बालकको घटनास्थलमै ज्यान गएको छ । लेस्थरबाट बरालुङबेसी जोड्ने कच्ची सडक खण्डमा डोजरले बाटो खनिरहेको हेर्न जाँदा ढुंगा खसी लाग्दा बालकको मृत्यु भएको हो ।

आँबुखैरेनी गाउँपालिका ५ लेस्थरका मंगल भुजेलको छोरा बर्ष २ को विशाल भुजेललाई माथिबाट माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोहि लेस्थर बस्ने बर्ष ७० को बुद्दराम भुजेल र उनकै नाति बर्ष ११ को सोमे भुजेल समेत उक्त स्थानमा संगै गएका थिए । उनीहरु पनि घाईते छन् ।

सोमे भुजेलको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अबस्था मध्यम रहेको र भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बुद्दराम भुजेलको हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ