आशिष पुरी, पोखरा । मिस्टर नेपाल २०१९ को पोखरामा अडिसन सम्पन्न भएको छ । अडिसन बिहिबार पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा सम्पन्न भएको हो । मिस्टर नेपालका लागि पोखरा अडिसनबाट तीन जना प्रतिस्पर्धी छनोट भए ।
अडिसनमा ७ जना सहभागी थिए । छनोट हुनेहरुमा जिरो किमिका अजित परियार, नयाँ गाउँका नविन रानाभाट र बुद्धचोकका निसान सुनार रहेका छन् । अडिसनमा पोखराका फेशन कोरियोग्राफर सुरज थापा, कार्यक्रम प्रस्तोता इनिषा दुरामगर र पोखराका संयोजक आशिष पुरी निर्णायकको भूमिकामा रहेका थिए ।
एक्स्पोज नेपालबाट आयोजना हुने ‘मिस्टर नेपाल २०१९’ प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुने भए पनि यसभित्रको युवाहरुको व्यक्तित्व विकास, आत्माविश्वास अभिबृद्धि र क्षमता उजागर हुने मिस्टर नेपाल २०१९ संग सहकार्य गरेका एस टि क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।
यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । धनगडीबाट सुरु भएको अडिसन, इटहरी हुँदै, बिर्गुन्ज, चितवन, बुटवल र पोखरामा सम्पन्न भइसकेको छ । अब मङ्सिर १४ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।
नेपालका विभिन्न स्थानमा सम्पन्न अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुले काठमाडौंमा हुने मिस्टर नेपालको फाइनल आउँदो डिसेम्बर २६ ग्राण्ड फिनालेमा प्रतिस्पर्धामा भाग लिने र त्यहाँबाट पनि छानिएका एक जनाले विश्वका सबै मुलुकबाट छानिएर आएका प्रतिस्पर्धीहरुसँग अन्तराष्र्टिय स्तरमा प्रतिस्पर्धाका लागि मिस्टर वल्र्डमा सहभागिता जनाउने अवसर पाउनेछन् ।

सम्बन्धित खबर
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
जीबी राई नेपाल फर्कन चाहेको भन्दै सार्वजनिक अडियो परीक्षणको तयारीमा प्रहरी
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन