कास्कीमा ज्येष्ठ नागरिकले खसाले मत (हेर्नुहोस् तस्विरमा)

कास्कीमा ज्येष्ठ नागरिकले खसाले मत (हेर्नुहोस् तस्विरमा)

Old voter 1

पोखरा प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि सुरू भएकाे मतदान साँझ ५ बजेसम्म जारी रह्यो । अन्यत्र शान्तिपूर्ण ढंगले मतदान भइरहे पनि कास्की र डोटीमा बम फेला भेटिए ।

मतदाताहरु उत्साहपूर्वक निर्वाचन कार्यक्रममा भाग लिएका छन्। सोही क्रममा पोखरा–१७ की ९५ वर्षीया पदमकुमारी शेरचनले मतदान गरेकी छन्। शेरचनले पार्दी मावि मतदान केन्द्रबाट भोट खसालिन् ।

यस्तै, पोखरा ४ की ९० वर्षीया भोजकुमारी कोइरालाले नविन मावि केन्द्रबाट भोट खसालिन् ।

कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पानन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन पानन् । राप्रपाका रोमबहादुर भण्डारीले पनि आफैलाई मत दिन पा। यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् ।राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइराला र रनबहादुर दमैले पनि आफुलाई मतदान गर्न पा । काँग्रेस उम्मेदवार खेमराज पौडेल कास्कीकै भएपनि उनी क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । काँग्रेस बीपीका चन्द्रबहादुर रानाभाट क्षेत्र नम्बर १, देशभक्त समाजका विरबहादुर विक कास्की र समाजवादी पार्टीका धर्मराज गुरुङ कास्की ३ का स्थायी बासिन्दा हुन् । उनीहरुको मताधिकार समेत उतै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ