पोखराका नहरहरु असुरक्षित छन् । न तारजाली न त माथि स्ल्याब (ढकनी) । बालबालिका मात्र हैन प्रौढ उमेरका व्यक्तिहरुले समेत ज्यान गुमाइरहेको उदाहरण हामीसँग छ । पोखरामा आइतबार एक बालिकाको घर नजिकैको नहरमा परी ज्यान गएको छ ।
पोखरा ५ मालेपाटनकी इन्दिरा सुवेदीले धराप नहरकै कारण आफ्नी ४ वर्षीया छोरी गुमाएकी छिन् । अघि साढे ६ बजेको समयमा घर नजिकै आमासँगै खेल्दै गरेकी सिर्जना सिधै नहरमा खसेकी हुन् । गहिरो र पानी भएको नहरमा खसेकी सिर्जना ७ बजेर ४० मिनेट जाँदा मात्र फेला प¥यो । तर, उनको मृत्यु भइसकेको थियो ।
स्थानीयका अनुसार नहरमाथि स्ल्याब ग्याप थियो र त्यहाँ कार्टुन थियो । बच्चा सिधै कार्टुनमा टेक्दा खसेको स्थानीयको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी यादव ढकालका अनुसार घटना पश्चात वडा सहित जिल्ला, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका थिए । १५० मिटर तलतिर बागवानी नजिकै उनको शव अड्केको अवस्थामा भेटिएको डिएसपी ढकालले जनाए ।
नहरमाथि पूरा स्ल्याब वा तारबार नभएरै घटना भयोः डिएसपी ढकाल
डिएसपी ढकालले स्ल्याब ठाउँ ठाउँमा नहुँदा नहर जोखिम बनेको बताए । उनले स्ल्याब ग्याप नहुने र तारबारको व्यवस्था भए यो जोखिम टर्ने उल्लेख गरे । ‘स्ल्याब कि छँदै छैन भने पहिल्यै सतर्कता अपनाईन्छ । तर स्ल्याब भएको नहरमा कहिँ खाली ठाउँ भयो भने त्यो धराप नै हुन्छ । यसले धेरै दुर्घटना निम्तिएको देखेको छु ।’ डिएसपी ढकालले भने ।
गत २०७५ चैत २७ गते संगीतकर्मी श्रीमान थुलुङ पनि स्कुटर दुर्घटनापछि उछिट्टिएर नहरमा पर्दा निधन भएको थियो । यस्तै लेखनाथमा पनि गत वर्ष नै एक बालकको डुबेर ज्यान गएको थियो ।
तस्विरः अशोक खड्का
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन