पोखरामा नयाँ कारबाट ट्रायल सुरु, ३०० को ट्रायल शुल्क घटेर २४ मात्रै

पोखरामा नयाँ कारबाट ट्रायल सुरु, ३०० को ट्रायल शुल्क घटेर २४ मात्रै

New car trial

पोखरा । गण्डकी प्रदेशमा ड्याटसन कम्पनीको युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल दिने व्यवस्था सुरु भएको छ । सम्झौता अनुरुप नयाँ व्यवस्थापनमा ट्रायल सुरु भएको हो । कारको ३ सय रुपैयाँ शुल्क लाग्नेमा २४ रुपैयाँमा ट्रायल दिन पाइने भएको छ ।

सनराइज ड्राइभिङ स्कुल अन्तर्गतको कुसुम सप्लायर्स र यातायात व्यवस्था कार्यालय गण्डकीको सहकार्यमा सुरु भएको ट्रायल छुटले धेरैलाई राहत मिल्ने विश्वास लिइएको छ । सवारी चालक अनुमति पत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्ले, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायब उपरिक्षक टेकबहादुर कार्की, सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष बसन्त भट्टचन र दीपक गुरुङले बिहीबार संयुक्त रुपमा नयाँ व्यवस्थापन सहितको ट्रायल दिने गाडीको रिबन काटेर उद्घाटन गरे ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्लेले नयाँ मोडेलका गाडीले ट्रायल दिँदा केही समय पास रिजल्ट राम्रो नआए पनि दीर्घकालीन रुपमा समाज र सडकमा समेत राम्रो प्रभाव पर्ने बताए । उनका अनुसार गण्डकी प्रदेश भित्र कारको सवारी चालक अनुमति पत्र लिनका लागि अबदेखि ड्याटसन २०१९ मोडेलकै गाडी सम्झौता भएको र यही गाडीमै ट्रायल हुने छ । ‘पुराना मोडेलका गाडीहरुमा अबदेखि ट्रायल हुने छैन,’ रिबन काटेपछि उनले भने, ‘आजदेखि नयाँ मोडेलको गाडीले ट्रायल दिने व्यवस्था सुरु भएको छ । परिवर्तन हुनुपथ्र्यो । भएको छ ।’ नयाँ गाडीले दुई-चार दिन पास नभए पनि दीर्घकालीन रुपमा सडक दुर्घटना कमी हुने र सक्षम भएर लाइसेन्स लिन सक्ने जनशक्ति तयार गर्नुपर्ने उनको भनाई छ ।

सनराइज ड्राइभिङ स्कुलका सञ्चालक लेखनाथ सुवेदीका अनुसार ट्रायलमा नयाँ मोडेलका गाडीहरु सुरु भए संगै परीक्षार्थीले घुमाउरो पाराबाट लाइसेन्स लिन नलागी आफैं सक्षम भएर लाइसेन्स लिने सक्ने छन् । अबदेखि पुराना, मिती नाघेका, मापदण्ड विपरीतका गाडीमा नभई युरो मापदण्डका गाडीमै सिक्ने र ट्रायल दिने व्यवस्थाले सबैलाई सहज हुने विश्वास लिएको उनले बताए । साथै, सनराइज ड्राइभिङ स्कुलको रंगशाला गेट अघि, फूलबारी, बिरौटा शाखामा ट्रायल दिने मोडेलकै नयाँ गाडीहरु उपलब्ध भएकाले यस गाडीको बारेमा ट्रायल अघि जानकारी लिन र सिक्न आउनका निम्ति पनि उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds