पोखराबाट वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले ईपीएल खेल्ने

पोखराबाट वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले ईपीएल खेल्ने

chris-gayle

Photo: sportsindiashow

काठमाडौं । वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेल नेपाली घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । विस्फोटक ब्याट्सम्यान गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजबाट खेल्ने भएका हुन् । पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्न खेलको तय हुनेछ । गेल किङ्स इलाभेन पन्जाबबाट आईपीएल खेल्ने गर्छन् ।

को हुन गेल ?

क्रिकेटमा युनिभर्स बोसमा नामले परिचित गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुन् । गेल आईसीसीको टेष्ट, एकदिवसीय र टी-ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । गेलले वेष्ट इण्डिजबाट १ सय ३ टेष्ट, ३ सय १ १ वान डे र ५८ टी-ट्टिवान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

वेष्ट इण्डिजले सन् २०१६ को टी-ट्वान्टी विश्वकपको उपाधि जित्दा गेल मुख्य खेलाडी रहेका थिए । ४० वर्षीय गेलले टी-ट्वान्टीमा १३ अर्धशतक २ शतकसहित कुल १६ सय २७ रन बनाएका छन् । गेलले टेष्टमा ७ हजार २ सय १५ रन बनाएका छन् । एकदिवसीयमा उनले १० हजार ४ सय ८० रन बनाएका छन् ।

टि ट्वान्टी आइमा उनको उच्च प्रदर्सन १ सय १७ रन रहेको छ । गेलले २०१३ मा रोयल च्यालेन्चर बेङ्ग्लोरवाट पुने वारियर्सविरुद्ध ६६ बलमा १३ चौका १७ छक्का सहित १ सय ७५ रनमा अविजित रहेका थिए ।

गेलले ३ सय १ एक दिवसियमा २५ शतक र ५४ अर्ध शतकमा कुल १० हजार ४ सय ८० रन बनाएका छन । गेलले आगमी सस्करणको आइपिएल किङ्ग्स इलाभने पन्जावबाट खेल्ने छन्। गेलले कति खेल खेल्ने भन्ने चाहिँ आइपिएलको खेल तालिका आएपछि मात्रै थाहा हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ