काठमाडौं । वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेल नेपाली घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । विस्फोटक ब्याट्सम्यान गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजबाट खेल्ने भएका हुन् । पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्न खेलको तय हुनेछ । गेल किङ्स इलाभेन पन्जाबबाट आईपीएल खेल्ने गर्छन् ।
को हुन गेल ?
क्रिकेटमा युनिभर्स बोसमा नामले परिचित गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुन् । गेल आईसीसीको टेष्ट, एकदिवसीय र टी-ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । गेलले वेष्ट इण्डिजबाट १ सय ३ टेष्ट, ३ सय १ १ वान डे र ५८ टी-ट्टिवान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
वेष्ट इण्डिजले सन् २०१६ को टी-ट्वान्टी विश्वकपको उपाधि जित्दा गेल मुख्य खेलाडी रहेका थिए । ४० वर्षीय गेलले टी-ट्वान्टीमा १३ अर्धशतक २ शतकसहित कुल १६ सय २७ रन बनाएका छन् । गेलले टेष्टमा ७ हजार २ सय १५ रन बनाएका छन् । एकदिवसीयमा उनले १० हजार ४ सय ८० रन बनाएका छन् ।
टि ट्वान्टी आइमा उनको उच्च प्रदर्सन १ सय १७ रन रहेको छ । गेलले २०१३ मा रोयल च्यालेन्चर बेङ्ग्लोरवाट पुने वारियर्सविरुद्ध ६६ बलमा १३ चौका १७ छक्का सहित १ सय ७५ रनमा अविजित रहेका थिए ।
गेलले ३ सय १ एक दिवसियमा २५ शतक र ५४ अर्ध शतकमा कुल १० हजार ४ सय ८० रन बनाएका छन । गेलले आगमी सस्करणको आइपिएल किङ्ग्स इलाभने पन्जावबाट खेल्ने छन्। गेलले कति खेल खेल्ने भन्ने चाहिँ आइपिएलको खेल तालिका आएपछि मात्रै थाहा हुने बताइएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो