‘लर्के जोवन’ लाख बढीले हेरे, बिमाकुमारी, शंकर र अञ्जलीलाई रुचाइयो (भिडियोसहित)

‘लर्के जोवन’ लाख बढीले हेरे, बिमाकुमारी, शंकर र अञ्जलीलाई रुचाइयो (भिडियोसहित)

larke-Joban

पोखरा । बिमाकुमारी दुरा नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा सबैभन्दा अगाडि आउने नाम हो । सर्वाधिक गीत गाउने गायिकाका दुरा जब सन्यास लिएको घोषणा गरिन्, त्यसपछि उनी पछि परिन् । केही वर्षपछि पुनः गीत गाउन सुरु गरिन् । तर, बजारमा अरुको पकड जमिसकेको थियो । यद्यपी, बिमालाई मन नपराउने कमै होलान् । अहिले धेरै वर्ष पछि बिमाकुमारी दुरा आफूले गाएको गीतको भिडियोमा देखिएकी छन् ।

गायिका दुरासँग धादिङे ठिटो शंकर कडेंलले ‘लर्के जोवन’ गीत मात्र गाएनन्, उनले भिडियोमा समेत प्रस्तुत गरेका छन् । भक्तपुर जिल्लाको घ्याम्पे डाँडामा छायाँङ्कन गरिएको गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन् । गीतमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीसँग शंकरले रोमान्स गरेका छन् ।

यसअघि पूर्णिमा बोलको आधुनिक गीत बजारमा ल्याएका कडेलले लोकदोहोरी गीत ल्याएका हुन् । कडेंल यही गीत मार्फत म्यूजिक भिडियोमा देखिएका छन्। यस गीतको भिडियो युट्युबमा १ लाख ३० हजार बढी पटक हेरिएको छ । गायक कडेलको आफ्नै व्यक्तिगत च्यानल खोलेर हालेका कारण राम्रो गीत भएर पनि अपेक्षा अनुसार भ्यूज जान नसकेको हो । यस गीतमा टिकटक भिडियो पनि राम्रै बनेको छ ।

शिव हमालको शब्द, ज्ञानेन्द्र शाहीको लय रहेको गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका छन् । हाल जर्मनीमा बस्दै आएका शंकर गायन र अभिनय दुबै कुरालाई अगाडि बढाउने बताउँछन्। जर्मनीमा रहेर ईन्जिनियरिङ बिषय अध्ययनरत शंकर यसै गीतको रेकर्ड र छायांकनका लागि नेपाल आएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ