‘आज मुटु दुखेनस् किन? छोडिस् क्या हो मायालाई सम्झिन’ (भिडियो)

‘आज मुटु दुखेनस् किन? छोडिस् क्या हो मायालाई सम्झिन’ (भिडियो)

aaja-mutu-dukhenas-kina

आज मुटु दुखेनस् किन ?
छोडिस् क्या हो ? मायालाई सम्झिन
जिन्दगीले ममाथि अन्याय नै गर्यो
फूललाई माया गरेको ओइलिएरै झर्यो
जुनलाई माया गरेको बादलभित्र सर्यो
उनलाई माया गरेको रुँदै हिँड्न पर्यो

नेपाली लोक संगीतमा दर्जनौं हिट गीत दिएका लय तथा शब्द संकलक शिव हमालको यस्तोे मार्मिक शब्दमा महंगी गायिका विष्णु माझी र बालाराम बिकको आवाज छ ।

साढे २ करोड भ्यूज पाइसकेको रोमाण्टिक गीत ‘लालु मै’ पछि मर्मस्पर्शी शब्दका साथ हमालले कर्णप्रिय लय भरेका छन् । हमालको आफ्नै च्यानलमार्फत सार्वजनिक भिडियोले छोटो समयमै ३ लाख बढी भ्यूज पाइसेकेको छ भने सकारात्मक प्रतिक्रिया आएको छ ।

कमल सौरागले मिठो एरेञ्ज गरेका छन् । जिन्दगीले ममाथि अन्याय नै ग¥यो भनेपनि भिडियोमा कथावस्तुमा डुबेर चर्चित मोडल शिशिर पौडेल र आयुश्मा कार्कीले न्याय गरेका छन् । साइ भिजन प्राइभेट लिमिटेडले निर्माण गरेको गीतको भिडिर्यो प्रकाश भट्टले निर्देशन गरेका हुन्।

विजय डिजिटलले अडियो भिडियोको जिम्मा लिएको हो । राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले काँटछाँट गरेका छन् ।  गायक बालाराम विश्वकर्माले यसअघि चुलबुले चुलबुले बानी, सम्झनाको तरेलीमा लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ