धम्पुसका भण्डारी भीरमा मृत फेला परे, शिशुवामा बाइकले हान्दा साइकलयात्री सृजना घाइते

धम्पुसका भण्डारी भीरमा मृत फेला परे, शिशुवामा बाइकले हान्दा साइकलयात्री सृजना घाइते

phedi

पोखरा । कास्कीको धम्पुसका प्रजापति भण्डारी मृत फेला परेका छन् । शुक्रबार पूर्वान्ह १० बजेतिर कास्की माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस घर भई फेदी बस्ने अन्दाजी ३८ वर्षीय भण्डारी धम्पुसबाट फेदी जाने बाटोबाट अन्दाजी २०० मिटर तल भीरमा मृत अवस्थामा फेला परेका हुन् ।

खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, आज बिहान साढे ७ बजेतिरको समयमा पोखरा महानगरपालिका ३० नौविसे चोक स्थित शिशुवा चोकबाट आदर्श चोक तर्फ जादै गरेको ग ६ प ८०६३ नंम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फ आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री सोहि स्थान बस्ने वर्ष ३५ की सृजना थापा घाईते भई उपचारको लागी मेट्रिसिटी अस्पतालमा पठाईएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ