मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० सोमबार हुँदैछ । शनिबार र आइतबार प्रशिक्षण भयो । यस वर्ष प्रतियोगितामा स्नो बोर्डिङ स्की, अल्पाइन स्की र क्रस कन्ट्री स्की प्रतियोगिता राखिएकाले अघिल्लो दुई दिन युवाहरुलाई प्रशिक्षण दिइएको हो ।
प्रतियोगितामा करिब ५ दर्जन प्रतियोगी सहभागी हुनेछन् । सङ्घको आयोजनामा गत वर्ष जिल्लाको मुक्तिनाथमा आयोजित दोस्रो स्की प्रतियोगिताको स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडीले भाग लिएका थिए।
https://www.facebook.com/gandaknews/videos/467592777250259/
स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने, यस्ता साहसी खेलको माध्यमले भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने र गाउँपालिका, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउने विश्वास लिइएको छ ।
स्की हिउँमा खेलिने खेल हो। मुस्ताङमा दोस्रो पटक आयोजना गरिएको स्की खेल प्रतियोगिताले मुस्ताङको बेमौसमी व्यापारको घाटालाई पुर्ति गर्नुका साथै खेल पर्यटनमा सहयोग पुग्ने मुक्तिनाथका पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपालको इतिहासमा स्की प्रतियोगिता गराएको हालसम्म तीन वर्ष भएको छ। दुई वर्षअघि रसुवाको लाङटाङमा, गत वर्ष मुक्तिनाथमा र यसपालि पनि मुक्तिनाथमै गर्न लागिएको हो।
खेलका लागि उपयुक्त स्थान मुक्तिनाथ क्षेत्र भएका कारणले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरेर ती स्थानलाई स्की खेलका रूपमा विकास गरिने आयोजकले बताएका छन्।


सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु