मुस्ताङमा तेस्रो स्की प्रतियोगिताको रौनक हेर्नुहोस् (तस्विर/भिडियो)

मुस्ताङमा तेस्रो स्की प्रतियोगिताको रौनक हेर्नुहोस् (तस्विर/भिडियो)

ski (1)

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० सोमबार हुँदैछ । शनिबार र आइतबार प्रशिक्षण भयो । यस वर्ष प्रतियोगितामा स्नो बोर्डिङ स्की, अल्पाइन स्की र क्रस कन्ट्री स्की प्रतियोगिता राखिएकाले अघिल्लो दुई दिन युवाहरुलाई प्रशिक्षण दिइएको हो ।

प्रतियोगितामा करिब ५ दर्जन प्रतियोगी सहभागी हुनेछन् । सङ्घको आयोजनामा गत वर्ष जिल्लाको मुक्तिनाथमा आयोजित दोस्रो स्की प्रतियोगिताको स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडीले भाग लिएका थिए।

https://www.facebook.com/gandaknews/videos/467592777250259/

स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने, यस्ता साहसी खेलको माध्यमले भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने र गाउँपालिका, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउने विश्वास लिइएको छ ।

स्की हिउँमा खेलिने खेल हो। मुस्ताङमा दोस्रो पटक आयोजना गरिएको स्की खेल प्रतियोगिताले मुस्ताङको बेमौसमी व्यापारको घाटालाई पुर्ति गर्नुका साथै खेल पर्यटनमा सहयोग पुग्ने मुक्तिनाथका पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपालको इतिहासमा स्की प्रतियोगिता गराएको हालसम्म तीन वर्ष भएको छ। दुई वर्षअघि रसुवाको लाङटाङमा, गत वर्ष मुक्तिनाथमा र यसपालि पनि मुक्तिनाथमै गर्न लागिएको हो।

खेलका लागि उपयुक्त स्थान मुक्तिनाथ क्षेत्र भएका कारणले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरेर ती स्थानलाई स्की खेलका रूपमा विकास गरिने आयोजकले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ