Gandak News
Our News Your Views

आहा रारा गोल्डकप फागुन २२ देखि, १० दिन १० टीम, ९९ लाख खर्च

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औँ संस्करण फागुन चौथो साता हुने भएको छ। आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै  फागुन २२ देखि चैत १ गतेसम्म हुने जानकारी दिएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय गोल्डकप फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले तोकेकै मितिमा नै गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए। प्रतियोगिता निर्माणाधीन पोखरा रंगशालामा नै गर्ने तयारी गरिएको छ।

प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लबहरु, विदेशी टोली र आयोजक सहारा क्लबसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापामगरले जानकारी दिए। प्रतियोगितामा वेष्ट अफ फाइभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

We are LIVE from Pokhara – Aaha! RARA Gold Cup press meet

Posted by GoalNepal.com Kaski on Saturday, 1 February 2020

प्रतियोगिताका विजेताले पाउने पुरस्कार रकमका बारेमा अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने र १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने आयोजकले अनुमानले गरेको छ।

क्याराभान गोल्डकपसहित १९ वर्षदेखि प्रतियोगिता आयोजना हुुँदै आएको छ। प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनका लागि खर्च गरिने क्लबका अध्यक्ष थापामगरले बताए। एकेडेमीको तेस्रो ब्याचमा हाल १५ जिल्लाका २४ बालकहरु आश्रित छन्।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको