पोखरा विमानस्थलमा कोरोना परीक्षणका लागि हेल्थ डेस्‍क स्थापना, २ स्वास्थ्यकर्मी खटाइए

पोखरा विमानस्थलमा कोरोना परीक्षणका लागि हेल्थ डेस्‍क स्थापना, २ स्वास्थ्यकर्मी खटाइए

Pokhara Airport plane

File Photo

पोखरामामा पनि हवाई यात्रुको स्वास्थ्य जाँच गरिने भएको छ । पोखरा विमानस्थलमा पनि कोरोना भाइरस संक्रमितहरूको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्‍क स्थापना भएको छ।

चीनबाट फैलिएको कोरोना भाइरसका संक्रमितहरू नेपालमा पनि भेटिएपछि पर्यटकीय शहर पोखरामा सम्‍भावित जोखिम न्यूनीकरण गर्न हेल्थ डेस्‍क स्थापना गरिएको पोखरा विमानस्थल प्रशासनले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाको सहकार्यमा डेस्‍क स्थापना गरिएको हो।

नेपाल आउने चीनियाँ पर्यटकहरूको प्रमुख गन्तव्यसमेत हो पोखरा। यहाँ आउने पर्यटकहरूलाई लक्षित गरी विमानस्थलमा स्वास्थ्य परीक्षण गर्न आवश्यक उपकरणसहित २ जना स्वास्थ्यकर्मी खटाइएको छ। हेल्थडेस्‍कमा रगत परिक्षण गर्दा कोरोना भाइरसको शंका लागेमा उक्त रगत र बिरामीलाई काठमाडौं पठाइने व्यवस्था मिलाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ