पोखरा र बिराटनगर सिधा हवाई मार्गबाट जोडिए, समय १ घण्टा, भाडा ६२ सय

पोखरा र बिराटनगर सिधा हवाई मार्गबाट जोडिए, समय १ घण्टा, भाडा ६२ सय

pkr biratnagar

पोखरा ।  गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा हवाई मार्ग बाट जोडिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरादेखि प्रदेश नं. १ को राजधानी विराटनगरसम्म सिधा जहाज सञ्चालनमा आएको हो । सोमबार बुद्ध एयर को १८ सिटे जहाजले विराटनगरबाट पोखरा पहिलो पटक उडान गरेको हो । बुद्ध एयरले हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रवार पोखरा—विराटनगर जहाज सेवा सञ्चालन गर्नेछ ।

दुवै प्रदेश पर्यटनको प्रचुर संभावना भएको प्रदेश भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक आदान प्रदानमा सहयोग पुग्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार र प्रदेश नं. १ सरकारले पोखरा—विराटनगर सिधा हवाई सेवा शुरुवात गर्ने निर्णय गरेको थियो ।

पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेटमा उडान गर्ने समय तालिका तय भएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । अहिले हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरेका छौँ, उनले भने– माग बढ्दै गएमा ठुलो जहाज र दैनिक उडान गर्ने सोच गराएका छौँ ।

पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैया र विदेशीलाई १ सय ३० डलर लाग्ने छ । सोमबार पहिलो पटक बिराटनगरबाट पोखरा उडान भरेका पाईलट शैलेस राउतर जहाजमा सवार पर्यटकहरुलाई गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टिम र बुद्ध एयरका कर्मचारीहरुले पोखरा विमानस्थल अवतरण गर्नासाथ खादा,फुलमाला र अबिरले सम्मान गरेका थिए ।

जहाज सेवाले पर्यटन प्रवद्र्धनमा टेवाः मन्त्री लम्साल

पोखरा विराटनगर उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश भ्रमण बर्ष २०१९—२०२२ लाई टेवा पुग्ने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण प्रदेशको रुपमा परिचित दुई प्रदेश गण्डकी प्रदेश र प्रदेश नं. १ सिधा जहाज उडानले दुई प्रदेशको सम्बन्धलाई समेत सिधा जोडेको बताउँदै अब गण्डकी प्रदेश—प्रदेश नंं.१ लाई नयाँ पर्यटकिय प्याकेजको रुपमा विकास गरिने बताए । यसबाट दुवै प्रदेश मात्र नभई भारतका पर्यटकलाई समेत फाइदा पुग्ने बताउँदै मन्त्री लम्सालले पोखरा—विराटनगर हवाई सेवा शुरुवात भएकोमा खुसी व्यक्त गरे ।

सगरमाथा, पाथीभरा, हलेसी, ईलाम चिया बगानलगायतका क्षेत्रहरु १ नं. प्रदेशको पर्यटकीय क्षेत्रहरु भएको र गण्डकी प्रदेशका धौवलागिरी, अन्नपूर्ण, माच्छापुच्छ«े हिमाल, मुक्तिनाथ, पर्यटकीय शहर पोखरा, अन्धगल्छी लगाएतका पर्यटकीय गन्तव्यमा घुम्न आउने पर्यटकहरुलाई अब हवाई सेवाले सिधा जोडेकोले प्रदेश १ र गण्डकी प्रदेश घुम्न चाहने पर्यटकले अब झन्झट व्यहोर्नु नपर्ने मन्त्री लम्सालको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ