तनहुँको आँबुखैरेनीमा डरलाग्दो दुर्घटना: माइक्रो र बस ठोक्‍किँदा १७ घाइते, २ जनाको अवस्था गम्भिर

तनहुँको आँबुखैरेनीमा डरलाग्दो दुर्घटना: माइक्रो र बस ठोक्‍किँदा १७ घाइते, २ जनाको अवस्था गम्भिर

Accident aabukhaireni

तनहुँ । तनहुँको आँबुखैरेनीमा माइक्रो र बस ठोक्‍किँदा १७ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो र नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस ठोक्‍किँदा दुर्घटना भएको हो । आबुखैरेनी-२ स्थित नरिघाटमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपि लिलाराज लामिछानेले जानकारी दिए ।

घाइतेलाई आँबुखैरेनी स्थित हाडजोर्नी अस्पतालमा सामान्य उपचारपछि १ जनालाई काठमाडौं, ८ जनालाई भरतपुर चितवन स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । बाँकीको घाइतेको आँबुखैरेनीमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा माइक्रो चालक तनहुँ डुम्रे निवासी विरध्वज थापा मगर समेत गम्भीर घाइते भएका छन् । सप्तरि अमनीशाही गाउँपालिका-६ का ३२ वर्षीय अर्जुन गौतमको काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचार भईरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ