चैत्र २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हात्ती ढुंगामा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका छन् । प्रदीपको फरक अवतार रहेको चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित रहेको छ भने मनाङमा छायांकन गरिएको गीतको मुड, भिडियोमा प्रयोग भएका पहिरण र भेषभुषा फरक छन् ।
गीतमा कलाकार सुनिल थापा र माओत्से गुरुङको पनि केहि झलक समावेश भएको छ जसले गीतसँग कथा जोड्नमा भूमिका खेलेको छ । मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । हर्क साउदको शब्द रचनामा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतका शब्दले शिर्ष दुई पात्र बीचको प्रेम पनि दर्शाउँछ ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्घि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् । सिनेमामा छेतेन गुरुङ र मन्दीप गौतमको लेखन छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’