तनहुँपछि कास्कीमा पनि चितुवा, स्कुलमै पसेपछि यसरी नियन्त्रणमा लिइयो (भिडियोसहित)

तनहुँपछि कास्कीमा पनि चितुवा, स्कुलमै पसेपछि यसरी नियन्त्रणमा लिइयो (भिडियोसहित)

Chituwa

चितुवाले तनहुँका विभिन्न स्थानमा आतंक मच्चाएको छ । नौ बालबालिकाको ज्यान लिइसकेको छ । ४ बालबालिका मुस्किलले बचे । ६ वटा चितुवालाई खोरमा पारिसकिएको छ । एउटा मृत भेटियो । तनुहँबासी आतंकित भइरहेका बेला कास्कीमा पनि चितुवा देखा परेको छ । त्यो पनि विद्यालयमै ।

पोखरा ३२, तल्लो गगनगौंडास्थित हिमालय आधारभूत विद्यालय परिसरमा चितुवा पसेपछि मंगलवार करिब दिनभर स्थानीय त्रसित बनेका छन् । बिहान करिब १० बजे एक्कासी विद्यालय परिसर चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन् । पछि सो चितुवा लखेड्दै जाँदा सोही स्थानमा रहेको मुस्ताङ जीआई वायर इण्डट्रिज एण्ड सप्लायर्स प्रा.लि.मा रहेको घरभित्र छिरेपछि झन् आतंक मच्चिएको हो । स्थानीयवासी, लेखनाथ सवडिविजन वन कार्यालयका कर्मचारी, वडा प्रहरी कार्यालय पावरहाउसको सुरक्षा निकायले घरभित्र लुकेको सो चितुवालाई सुरक्षा दिए ।

यस्तै, चितवन राष्ट्रिय निकुन्जका डटिङ्ग टोली सोही स्थानमा आई चितुवा बेहोस बनाई खोरमा राखेर लगिएको लेखनाथ सव-डिभिजन कार्यालयका सहायक वन अधिकृत रामबहादुर बिकले जनाए। सो चितुवा छिमेकी शुक्लागण्डकी २, बाङे्रह थेप्चे सामुदायिक वनबाट आएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ