ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, पोखरा नयाँबजारले अन्तर्राष्ट्रिय स्तरको पोखरा पिस रिट्रिट सेन्टर स्थापना गर्ने भएको छ । सनातन संस्कृति, अध्यात्म र आधुनिक प्रविधिको त्रिकोणात्मक संगम रहने गरी स्थापना गरिने सेन्टर अन्तर्गत निर्माण हुने दिव्य शान्ति अनुभूति केन्द्रको आगामी माघ २५ गते शनिबार पोखरा–११, फूलबारीमा भवन शिलान्यास गरिने विद्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
रिट्रिट सेन्टर भवनको शिलान्यास गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने जानकारी दिइयो । कार्यक्रमको गरिमा बढाउन संस्थाको अन्तर्राष्ट्रिय मुख्यालय, माउण्ट आबूबाट वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी ब्रह्माकुमारी शिलु दिदीजीको उपस्थिति रहने संस्थाले जनाएको छ । कार्यक्रममा भारत एवं नेपालका विभिन्न स्थानबाट पाहुनाहरुको आगमन पनि हुनेछ । भवन शिलान्याससँगै तीन दिवसीय कार्यक्रम हुने महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले जानकारी दिए ।
सो अवसरमा विश्वविद्यालयकी निर्देशक राजयोगिनी परिणिता दिदी, उपाध्यक्ष दुर्गा दिदी, शोभा दिदी, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकारहरु जमुना शर्मा वर्षा, स्मिता अधिकारीले पनि बोलेका थिए ।
२१ करोड लागतमा बन्ने केन्द्रका लागि साढे ८ करोड लगानीमा फूलबारीमा साढे ३ रोपनी जग्गा सरसहयोगबाटै किनिएिको उनले बताए। बहुउद्देश्यीय केन्द्रको निर्माण पनि सरसहयोग बाटै गरिने उनले जनाए। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले विश्वव्यापी रुपमा करीब १ सय ५० राष्ट्रहरुमा १० हजार बढी सेवाकेन्द्रहरु र नेपालमा विगत ५२ वर्षदेखि ४०० केन्द्र तथा उपकेन्द्र र १००० ईकाइ शाखाहरुको माध्यमबाट निःशर्त, निःशुल्क र निःस्वार्थ सेवा प्रदान गर्दै आइरहेको उनको भनाई छ ।
मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि सबै भेदभावहरुबाट माथि उठेर व्यवहारिक र वैज्ञानिक तरिकाले जीवन र जगतका विषयमा प्रवचन, प्रशिक्षण, मूल्य शिक्षाको प्रसारण र मेडिटेशनको परिक्षण गर्दै आध्यात्मिक, शैक्षिक पर्यटकहरुको आकर्षणको केन्द्र बनी पर्यटन क्षेत्रको विकास र विस्तारमा समेत टेवा पु¥याउँदै आएको संस्थाको ठम्याई छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो