पोखरामै चितुवाले बालिकाको ज्यान लियो, तनहुँबाट नरभक्षी चितुवा कास्की पस्यो ! (भिडियो)

पोखरामै चितुवाले बालिकाको ज्यान लियो, तनहुँबाट नरभक्षी चितुवा कास्की पस्यो ! (भिडियो)

balika khayo

तनहुँमा नरभक्षी चितुवाले आतंक मच्चाईरहँदा पोखरामा समेत बालिकाको ज्यान लिएको छ । पोखरा महानगरपालिका ३२ काठेगाउँकी ७ वर्षीया बालिकाको विहीबार साँझ चितुवाले ज्यान लिएको हो । स्थानीय दीपक बिक र अप्सरा बिककी छोरी पूजालाई छिमेकीको घरबाट आफ्नो घर फर्कने क्रममा बाटैबाट चितुवाले लगेको स्थानीयले बताएका छन् ।

राति अबेरसम्म घर नफर्किएपछि खोजी सुरु भएको थियो । करीव ३ घण्टापछि ९ बजेमात्रै ५ सय मिटर पर बाटो तल नजिकैको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको गाउँलेले बताए । बालिकाको घर जंगल नजिकै रहेको छ ।

पूजा चन्द्र ज्योति स्कुलमा कक्षा तीनमा अध्ययनरत थिइन् । प्रहरी र स्थानीयले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन्। यसअघि मंगलबार मात्रै कास्की पसेको चितुवालाई नियन्त्रणमा लिइएको थियो ।

चितुवाको आक्रमणबाट तनहुँमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । ४ जनाको ज्यान बच्न सफल भयो ।तनहुँबाट मात्रै ६ चितुवालाई खोरमा पारी जिल्ला कटाइसकिएको छ । एउटा चितुवा मृत फेला परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ