फेवाताल छेउको अन्नपूर्ण गार्डेन क्याफेमा आगलागी, किचन स्टोरमा क्षति

फेवाताल छेउको अन्नपूर्ण गार्डेन क्याफेमा आगलागी, किचन स्टोरमा क्षति

annapurna garden

फेवा किनार अवस्थित अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा शुक्रवार दिउँसो आगलागी भएको छ । दिनको सवा १ बजेतिर लागेको आगो २ बजेतिर नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए ।

आगलागीबाट किचन, स्टोर लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । आगलागीबाट भएको क्षतिको विवरण सञ्चालकले दिइनसकेको उनले जनाए । किचनबाटै आगो सुरु भएको थियो । चल्तीको उक्त रेस्टुरेन्टमा सल्केको आगो दमकल, सुरक्षाकर्मीको सहयोगमा निभाइएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहयोगमा समयमै नियन्त्रणमा आउँदा थप क्षति हुन पाएन । आगलागी हुनासाथ स्थानीयको सहयोगमा नियन्त्रणको प्रयास समेत भएको थियो । ट्रस्टको माथिल्लो भाग फोडेर पानी हालिएको थियो । चार जनाको संयुक्त लगानीमा रेष्टुरेण्ट सञ्चालनमा छ ।

बिगखबर डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ