डुम्रेमा बस र ट्रक ठोक्किँदा बस चालकसहित १९ घाइते

डुम्रेमा बस र ट्रक ठोक्किँदा बस चालकसहित १९ घाइते

Bus Truck Accident Dumre Rimalni

तनहुँ । तनहुँको डुम्रेमा बस र ट्रक ठोक्किदा बस चालक सहित १९ जना घाइते भएका छ्न । शनिबार बिहान दमौलीबाट डुम्रे तर्फ जादै गरेको ना ७ ख ६२६८ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ७ ख ४४२७ नम्बरको बस एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । बन्दीपुर गाउँपालिका १ रिमाल्निमा उक्त दुर्घटना हुदाँ बस चालक सहित १९ जना घाइते भएका छ्न ।

बस चालक चितवनको भरतपुर २७ बस्ने वर्ष ४२ को किरण काफ्ले सहित अन्य बसमा सवार १८ यात्रुको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बस चालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको र घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बस, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा छ ।

त्यस्तैगरि शुक्रबार राति कावासोतीबाट पोखरा जादै गरेको कार दुर्घटना भएको छ । बा १३ च ८४८१ नम्बरको कार व्यास १२ घासीकुवामा दुर्घटना हुदाँ ६ जना घाइते भएका छ्न । घाइतेको अवस्था सामान्य रहेकाले दमौली स्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।
तस्बिर : धिरज श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ