तनहुँ । नव युवा क्लब व्यास १ हाइस्कुलटारको आयोजना दोस्रो नव कप शनिबारदेखि सुरु भएको छ । युवाहरु बिच मैत्रीपूर्ण वातावरण सिर्जना गर्न र खेलाडीलाई हौसला बढाउन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले बताए । विदेशमा रहेका व्यास-१ का युवाले प्रतियोगिता संचालनका लागि आर्थिक सहयोग गरेको अध्यक्ष तामाङले बताए ।
प्रतियोगिताका प्रथम हुने समुहले १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । उक्त प्रतियोगितामा २२ समुह सहभागी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको सभापति क्लबका अध्यक्ष सनम तामाङ रहेका थिए । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा नगरपालिकाले खेलक्षेत्रमा विभिन्न काम गरिरहेको बताए । युवा खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले व्यास गोल्ड कप समेत संचालन गर्ने प्रमुख न्यौपानेले बताए ।
पुरस्कार फ्रान्सेली सेनाले प्रायोजन
दोस्रो नव कपको पुरस्कार फ्रान्सेली सेनामा कार्यरत हाइस्कुलटारका युवाहरुले प्रायोजन गरेका छन ।शनिबारदेखि सुरु भएको दोस्रो नव कप सेभेन ए साईड फुटबल प्रतियोगिताका लागि प्रथम पुरस्कार १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र तथा द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ युवाहरुले प्रायोजन गरेका हुन ।
व्यास नगरपालिका-१ हाईस्कुलटार घर भई हाल फ्रान्सेली सेनामा कार्यरत बोधविक्रम थापा, सङ्गम हमाल, असिम मल्ल र विकास मल्लले उक्त पुरस्कार प्रायोजन गरेका हुन ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?