खेलकुद पत्रकार उमेश पुनलाई मञ्चको सहयोग, पाँचौ स्पोर्टस् अवार्ड वैशाख २१ गते

खेलकुद पत्रकार उमेश पुनलाई मञ्चको सहयोग, पाँचौ स्पोर्टस् अवार्ड वैशाख २१ गते

Khelkud help

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको १४ औं बैठक शनिबार पोखरामा सम्पन्न भयो । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले प्रथम वार्षिक साधारणसभा आगामी फागुन ७ मा पत्रकार महासंघ कास्कीको सभाहलमा गर्ने निर्णय गरेको छ । सो अवसरमा चौथो पोखरा स्पोर्टस् अवार्डको आयव्यय सार्वजनिक समेत हुनेछ ।

यस्तै, मञ्चले खेल र खेलाडीको प्रवद्र्धनका लागि नियमित आयोजना गर्दैआएको पोखरा स्पोर्टस् अवार्ड समारोहलाई अबदेखि विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार अब हुने पाँचौ संस्करणको स्पोर्टस् अवार्ड २०७७ वैशाख २१ मा हुनेछ ।

यसैगरी, मञ्चका कार्यसमिति सदस्य उमेश पुनको उपचार सहयोगार्थ हाललाई १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गर्दै सो रकम उनकै निवासमा पुगी हस्तान्तरण समेत गरेको छ ।

कार्यक्रममा मञ्च सल्लाहकार दीननाथ बराल, अध्यक्ष एकराज गिरी, उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, सचिव राजाराम पौडेल, कोषाध्यक्ष शशिकुमार पौडेल, सदस्य नारायण शाहीको उपस्थिति थियो ।

समाचार संकलन गरी फर्किने क्रममा गत माघ १४ मा पोखरा चाउथेमा मोटरसाइकल दुर्घटनामा परी पत्रकार उमेश पुन र सुमन गुरुङ घाइते भएका थिए । पत्रकार उमेशको दायाँ हात भाँच्चिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ