नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको १४ औं बैठक शनिबार पोखरामा सम्पन्न भयो । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले प्रथम वार्षिक साधारणसभा आगामी फागुन ७ मा पत्रकार महासंघ कास्कीको सभाहलमा गर्ने निर्णय गरेको छ । सो अवसरमा चौथो पोखरा स्पोर्टस् अवार्डको आयव्यय सार्वजनिक समेत हुनेछ ।
यस्तै, मञ्चले खेल र खेलाडीको प्रवद्र्धनका लागि नियमित आयोजना गर्दैआएको पोखरा स्पोर्टस् अवार्ड समारोहलाई अबदेखि विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार अब हुने पाँचौ संस्करणको स्पोर्टस् अवार्ड २०७७ वैशाख २१ मा हुनेछ ।
यसैगरी, मञ्चका कार्यसमिति सदस्य उमेश पुनको उपचार सहयोगार्थ हाललाई १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गर्दै सो रकम उनकै निवासमा पुगी हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा मञ्च सल्लाहकार दीननाथ बराल, अध्यक्ष एकराज गिरी, उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, सचिव राजाराम पौडेल, कोषाध्यक्ष शशिकुमार पौडेल, सदस्य नारायण शाहीको उपस्थिति थियो ।
समाचार संकलन गरी फर्किने क्रममा गत माघ १४ मा पोखरा चाउथेमा मोटरसाइकल दुर्घटनामा परी पत्रकार उमेश पुन र सुमन गुरुङ घाइते भएका थिए । पत्रकार उमेशको दायाँ हात भाँच्चिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला