कुकुर बचाउन सेती नदिको खोँचमा खसेका आकाशलाई यसरी गरियो उद्धार (भिडियो)

कुकुर बचाउन सेती नदिको खोँचमा खसेका आकाशलाई यसरी गरियो उद्धार (भिडियो)

seti-uddhar

पोखरा स्थित सेती नदिको खोँचमा अड्किएका एक युवालाई प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा ९ पार्वतीटोल स्थित सेती नदिको खोँचमा खसेको आफ्नो कुकुर हेर्न जाने क्रममा म्याग्दी घर भई सोहि स्थान बस्ने २३ वर्षीय आकाश गुरुङ आफै खस्न पुगेका थिए ।

खोँचमा खसेका गुरुङलाई स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेपश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय बदाम, कास्कीको प्रहरी टोली उक्त स्थानमा पुगी उद्दारको लागि खटिएको थियो।

सेती नदिमा कुकुर कराएको सुनेपछि कुकुरको उद्धारका लागि गएका थिए ।डोरीको सहायताले करिब २ घण्टा लगाएर पहिले गुरुङ र त्यसपछि कुकुरको पनि उद्धार गरेको छ । आकाशले कुकुरलाई धेरै नै माया गर्ने गरेको स्थानीयले बताए । एक दुई दिन पहिले नै कुकुर सेतीमा खसेको हुन सक्ने प्रहरीको भनाई छ ।

उद्दार गरिएका गुरुङको अवस्था सामान्य रहेको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ