तनहुँको भानु नगरपालिकाका इन्जिनियर र वडा सदस्य घुससहित पक्राउ

तनहुँको भानु नगरपालिकाका इन्जिनियर र वडा सदस्य घुससहित पक्राउ

ghus

तनहुँ । तनहुँको भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडा सदस्य कृष्णबहादुर अधिकारी घुस रकमसहित पक्राउ परेका छन् ।

पोखराबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

विद्यालयको भवन निर्माण सम्पन्‍न गरी भुक्तानी सिफारिसका साथै कार्य सम्पन्न प्रतिवेदन बनाइदिए वापत अधिकारीले सेवाग्राहीबाट ७५ हजार घुस लिएको अख्तियार टोलीको भनाइ छ । अधिकारी १३ नम्बर वडाका सदस्य हुन् ।

दुबैजनालाई भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ