नवनियुक्त कानुनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन पदभार

नवनियुक्त कानुनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन पदभार

Shiva-Maya-Tumbahanphe

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।

हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् ।

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिइन् ।

त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ