भूपू गोरखा सैनिक विभिन्न मागसहित धर्नामा, बेलायतका सेनाध्यक्ष स्मिथ पोखरामा

भूपू गोरखा सैनिक विभिन्न मागसहित धर्नामा, बेलायतका सेनाध्यक्ष स्मिथ पोखरामा

Bhupu-gorkha-sainik

पोखरा । भूपू गोरखा सैनिक र उनीहरूका परिवारले पोखरास्थित ब्रिटिश क्याम्प अगाडि धर्ना दिएका छन् । उनीहरू विभिन्न माग राखेर मंगलबार विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन ।

समान पेन्सन, क्षतिपुर्ती लगायतका माग राखेर आन्दोलनरत भूपू गोर्खा सैनिकहरूले बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथसम्म आफ्नो माग पुर्याउन धर्ना दिएका हुन । गत शनिबार काठमाडौं आइपुगेका सेनाध्यक्ष स्थिम यतिबेला पोखरामा छन् ।

बेलायती सेनामा भर्तीका भएका ४४३ जनालाई कसम खुवाउने कार्यक्रममा सहभागी हुन स्मिथ पोखरा गएका हुन । उनीहरूलाई कसम खुवाउने कार्यक्रम छ ।

१५ मार्चभित्र वार्ता कमिटी बनाउन माग

परराष्ट्र मन्त्रालयले गत हप्ता त्रिपक्षीय सन्धि पुनरावलोकन र भूपू गोर्खाहरूको समस्याबारे वार्ताको प्रस्ताव गरेर पत्र पठाएको छ ।

काठमाडौंस्थित ब्रिटिश राजदुतावासमार्फत पठाइएको पत्रमा सन् २००७ देखि बेलायती सेनामा भर्ती भएकाहरूले समान तलब र पेन्सन उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरिएको छ ।

तर अझै पनि भूतपूर्व गोर्खाका कतिपय गुनासा समानता, न्याय र निष्पक्ष सम्बोधन आवश्यक रहेको पत्रमा उल्लेख छ ।

नेपाल सरकारले पत्र पठाइसकेको सन्दर्भमा अब बेलायत सरकारले आफ्नो दायित्व पुरा गर्नुपर्ने धर्नाकारीको माग छ । उनीहरूले १५ मार्च भित्र वार्ता कमिटी गठन गरेर आफ्ना गुनासाहरू सम्बोधन गर्न माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ