ई. राजकिरण छत्कुली, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ईञ्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), गण्डकीको ३९ सदस्यीय प्रदेश कमिटी घोषणा भएको छ ।
ई. विकास वाग्ले अध्यक्ष रहेको प्रादेशिक कमिटी बुधबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो । उपाध्यक्षमा ई. महेन्द्रबहादुर गोदार, सचिवमा ई. सुरेश तिमिल्सिना र कोषाध्यक्षमा ई. सुमन गिरी छन् । सचिवालयमा ई. कुलप्रसाद पौडेल, ई. दीपक थापा, ई. बाबुराम भन्डारी, ई. विष्णु खनाल, ई. मनोज बराल, ई. रामकुमार श्रेष्ठ, ई.सुदीप कोइराला, ई. सुनिल दाहाल र ई. सोजितबहादुर क्षत्री चुनिए ।
सदस्यहरुमा अनिष ढकाल (तनहुँ), अश्मिता खनाल (कास्की), आशीष दनाई, (लमजुङ), आशिष मल्ल (कास्की), ईश्वर भण्डारी (म्याग्दी), किरन न्यौपाने (कास्की), कृष्ण भन्डरी (तनहुँ), ज्योति थापा (कास्की), टीका थापामगर (म्याग्दी), देवेन्द्र पोख्रेल (पर्वत), नारायण तिमिल्सिना (कास्की), नारायण पौडेल (बागलुङ), निशान केसी (पर्वत), प्रकाश काफ्ले (स्याङ्जा), प्रदीप न्यौपाने (तनहुँ), फारमसिंह थापा (कास्की), विप्लव पोख्रेल (कास्की), भगवान कुवँर (लमजुङ), महेन्द्र आचार्य (बाग्लुङ्ग), राजन रानाभाट (गोरखा), राधा गौतम (कास्की), सागर बस्याल (नवलपुर), साधुराम लामिछाने (गोरखा), सुन्दर अधिकारी (कास्की) र हरि केसी (कास्की) रहेका छन् ।
प्रदेशमा निर्वाचित सबै पदाधिकारी, सदस्यहरुलाई नेकपाका गण्डकी सह–इन्चार्ज खगराज अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । सहइन्चार्ज अधिकारीले इञ्जिनियरहरुको उत्साहजनक उपस्थितिले प्रादेशिक एकता बलियो भएको बताए । उनले केन्द्र, प्रदेश र स्थानिय तहसम्म इन्जिनियरको तालमेल र सुमधुर समबन्ध विकास गर्न आग्रह गरे । कार्यक्रमको अध्यक्षता पिन गण्डकी प्रदेश संयोजक खिमानन्द कँडेलले गरेका थिए । कार्यक्रम संचालन पिनका केन्द्रिय सदस्य ई। टेक कटुवालले गरेका थिए । कार्यक्रममा बिशेष अतिथीका रुपमा नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको उपस्थिती थियो ।

जिल्लाका अध्यक्ष र सचिव चुनिए
यसैबीच, गण्डकी प्रदेश अन्तर्गतका ११ मध्ये नौ जिल्लाका अध्यक्ष र सचिव समेत चयन गरिएको छ । हिमाली दुई जिल्लाहरु मनाङ र मुस्ताङ बाँकी छ । यसको जिम्मा सचिवालयलाई दिइएको छ ।
जिल्ला अध्यक्षहरुमा कास्कीमा ध्रुबराज भट्टराई, गोरखामा राजेश अधिकारी, बागलुङमा बिमल आचार्य, पर्वतमा रमेश जोशी, लमजुङमा मदन शर्मा, तनहुँमा विष्णुराज पान्डे, म्याग्दीमा कृष्ण रिजाल, नवलपुरमा शशिधर भुजेल र स्याङ्जामा टीकाराम रेग्मी चयन भएका छन् ।
जिल्ला सचिवमा कास्कीमा आनन्द भट्टराई, गोरखामा रबिन कट्टेल, बागलुङमा भुवन पौडेल, पर्वतमा सम्राट पौडेल, लमजुङमा रामकृष्ण घिमिरे, तनहुँमा दीपक कुवँर, म्याग्दीमा अञ्जन खत्री, नवलपुरमा सुरेश पौडेल र स्याङ्जामा टेक खड्कालाई चयन गरिएको छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’