तनहुँको कमलबारीमा बसको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु

तनहुँको कमलबारीमा बसको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु

accident

तनहुँ । तनहुँको व्यास-१२ कमलबारीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास-१२ को देउराली खानीगैह्राकी ५५ वर्षीय विष्णुमाया घर्ती रहेकी छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग. १ख ९६१८ नम्बरको बसबाट झेरेर गन्तव्यतर्फ लाग्ने क्रममा साइडबाट जाँदै गर्दा सोही बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

घर्तीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको लामिछानेले बताए ।

शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ भने थप अनुसन्धानका लागि बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ