तनहुँ । जिल्लाका विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरि ३८औं मगर स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

तनहुँको दमौलीमा नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको आयोजनामा व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका मगर समुदायले कार्यक्रम गरि मगर स्थापना दिवस मनाएको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष मनिराज थापा मगर रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघकी उपाध्यक्ष मन्दरी आले रहेकी थिइन । सो अवसरमा प्रमुख अतिथि आलेले मगर जाती एकजुट भई आफ्नो हक अधिकार प्राप्तिका लागि लड्न पर्ने बताईन ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघकी केन्द्रिय सदस्य रितु आले, नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
दमौलीमा अनसन चौतारीबाट सुरु भएको मगर भेषभुषा सहितको र्यालीले दमौली बजार परिक्रमा गरेको थियो ।
त्यस्तै भानु नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका लागएत जिल्लाका विभिन्न स्थानमा मगर स्थापना दिवस मनाइएको नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका सचिव नन्दु थापाले जानकारी दिए ।
सम्बन्धित खबर
माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल