तनहुँमा मगर स्थापना दिवस भव्यताका साथ मनाइयो (फोटो फिचर)

तनहुँमा मगर स्थापना दिवस भव्यताका साथ मनाइयो (फोटो फिचर)

btr

btr

तनहुँ । जिल्लाका विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरि ३८औं मगर स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

तनहुँको दमौलीमा नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको आयोजनामा व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका मगर समुदायले कार्यक्रम गरि मगर स्थापना दिवस मनाएको छ ।

कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष मनिराज थापा मगर रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघकी उपाध्यक्ष मन्दरी आले रहेकी थिइन । सो अवसरमा प्रमुख अतिथि आलेले मगर जाती एकजुट भई आफ्नो हक अधिकार प्राप्तिका लागि लड्न पर्ने बताईन ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघकी केन्द्रिय सदस्य रितु आले, नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

दमौलीमा अनसन चौतारीबाट सुरु भएको मगर भेषभुषा सहितको र्यालीले दमौली बजार परिक्रमा गरेको थियो ।

त्यस्तै भानु नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका लागएत जिल्लाका विभिन्न स्थानमा मगर स्थापना दिवस मनाइएको नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका सचिव नन्दु थापाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds