पोखराको सराङकोटमा बस दुर्घटना, १० घाइते

पोखराको सराङकोटमा बस दुर्घटना, १० घाइते

sarangkot bus ac

पोखराको सराङकोटमा मिनी माइक्रो बस दुर्घटना भएको छ । सराङकोटबाट पोखरा आउँदै गरेको बस पोखरा– १८, नयाँ गाउँमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा एक दर्जन घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा यात्रुहरू सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले बताए ।

उनले भने, ‘सबै घाइतेको आवस्था खतरामुक्त छ, यात्रुलाई सामान्य चोटपटक लागेको छ, दुर्घटनामा सामान्य घाइते भएका १० जना अस्पताल पुगेका छन् । उनीहरू सामान्य उपचारपछि फर्कन्छन् ।’ सबै घाइतेको उद्धार भइसकेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds