नायक अनमोल केसीलाई प्रहरीले ठगी प्रकरणमा खोजिरहेको छ। एक हप्ता भयो‚ तर उनी प्रहरी कार्यालय गएका छैनन्। केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच लाख ठगीको उजुरी परेको हो।
प्रहरी प्रारम्भमा उनलाई कार्यालयमा बोलाएर छलफल गराउने मुडमा देखिएको छ। उनी नआए उजुरी प्रक्रियाअनुसार अगाडि बढाउने तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
उजुरीकर्ता हुन् जयन श्रेष्ठ र रुपेन्द्र खड्गी। ‘धुपौरे’ फिल्मका निर्माता रहेका उनीहरुले ‘अनमोल केसीले फिल्म खेल्छु भनेर पाँच लाख एड्भान्स लिएको तर फिल्म पनि नखेलेको र सो पैसा पनि नदिएको’ भन्दै परिसरमा उजुरी दिएका हुन्।
दुवै फिल्म निर्माताका अनुसार उनले असोज ३ मा ४० लाख पारिश्रमिकमा फिल्ममा अभिनय गर्ने भन्दै एड्भान्स बापत पाँच लाख रुपैयाँ लिएका थिए।
सहमति गरेर पारिश्रमिकको एड्भान्स समेत लिइसकेपछि निर्माण टिमले अनमोलले धुपौरे फिल्म खेल्ने भनेर घोषणा समेत गरे। फिल्म साम्तेन भुटियाले निर्देशन गरेका थिए। तर एकाएक अनमोलले फिल्म नखेल्ने समाचार बाहिरिएको थियो।
निर्माण टोलीले उजुरीमा गरेको दाबीअनुसार अनमोलले आफूले पाँच लाख लिएको र अन्य प्राविधिकहरुलाई समेत अग्रिम पैसा दिन लगाउँदा ३० लाख बढी खर्च भएको तर पछि फिल्म नखेल्ने भनेकाले क्षतीपूर्तीसमेत माग गरिएको छ।
-नेपाल लाइभ
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन