चीनबाट फैलिएको कोरोना भाइरस (कोभोड १९) को संक्रमण पाँच दर्जन बढी मुलुकमा फैलिसकेको छ । छिमेकी देशका रुपमा रहेको नेपाललाई विश्व स्वास्थ्य संगठनले नै उच्च जोखिममा राखेको छ । नेपालको पर्यटकीय क्षेत्र पोखरामा पनि कोरोनाबाट बच्ने उपाय अबलम्वन गर्न जरुरी भइसकेको छ । कोरोनाबाट बच्ने उपाय भनेको भाइरसबाट जोगिनु नै हो । नेपाल जस्तो देशमा यसको संक्रमण फैलियो भने के हुन्छ ? कल्पना समेत गर्न सकिदैँन ।
विद्यालयस्तरमा समेत सचेतना फैलाउन सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. १५, फलेपाटन स्थित सिद्ध माध्यमिक विद्यालयले अभिभावकलाई सूचना जारी गरेको छ । विद्यार्थी मार्फत घरघरमा कोरोना भाइरसको लक्षण र बच्ने उपाय सहित बिरामी भएका बाबुनानीलाई विद्यालय नपठाउन र विद्यालयमा जानकारी गराउन समेत अनुरोध गरिएको सहप्रधानाध्यापक जुना थापा मगरले जानकारी दिइन् ।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले जारी गरेको सूचनामा बालबालिका र अभिभावकहरुमा सतकर्ता अपनाउन अनुरोध गर्दै विद्यार्थीहरुमा १०० डिग्री भन्दा माथि ज्वरो आएमा, श्वास फेर्न गाह्रो भएमा र निरन्तर रुघाखोकी लागेमा विद्यालयमा जानकारी सहित विद्यालयमा नपठाई अस्पताल लगी घरमा नै उचित स्याहार सुसार गरिदिन अनुरोध गरिएको छ ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ