‘बालबच्चामा ज्वरो देखिए विद्यालय नपठाउनु’, विद्यार्थीको स्वास्थ्य सम्बन्धमा सिद्ध मावि अगाडि

‘बालबच्चामा ज्वरो देखिए विद्यालय नपठाउनु’, विद्यार्थीको स्वास्थ्य सम्बन्धमा सिद्ध मावि अगाडि

siddha mavi

चीनबाट फैलिएको कोरोना भाइरस (कोभोड १९) को संक्रमण पाँच दर्जन बढी मुलुकमा फैलिसकेको छ । छिमेकी देशका रुपमा रहेको नेपाललाई विश्व स्वास्थ्य संगठनले नै उच्च जोखिममा राखेको छ । नेपालको पर्यटकीय क्षेत्र पोखरामा पनि कोरोनाबाट बच्ने उपाय अबलम्वन गर्न जरुरी भइसकेको छ । कोरोनाबाट बच्ने उपाय भनेको भाइरसबाट जोगिनु नै हो । नेपाल जस्तो देशमा यसको संक्रमण फैलियो भने के हुन्छ ? कल्पना समेत गर्न सकिदैँन ।

विद्यालयस्तरमा समेत सचेतना फैलाउन सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. १५, फलेपाटन स्थित सिद्ध माध्यमिक विद्यालयले अभिभावकलाई सूचना जारी गरेको छ । विद्यार्थी मार्फत घरघरमा कोरोना भाइरसको लक्षण र बच्ने उपाय सहित बिरामी भएका बाबुनानीलाई विद्यालय नपठाउन र विद्यालयमा जानकारी गराउन समेत अनुरोध गरिएको सहप्रधानाध्यापक जुना थापा मगरले जानकारी दिइन् ।

विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले जारी गरेको सूचनामा बालबालिका र अभिभावकहरुमा सतकर्ता अपनाउन अनुरोध गर्दै विद्यार्थीहरुमा १०० डिग्री भन्दा माथि ज्वरो आएमा, श्वास फेर्न गाह्रो भएमा र निरन्तर रुघाखोकी लागेमा विद्यालयमा जानकारी सहित विद्यालयमा नपठाई अस्पताल लगी घरमा नै उचित स्याहार सुसार गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ