मुस्ताङ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बेनी-जोमसोम सडक खन्नका लागि प्रयोग भएको एक स्काभेटर अपरेटर पहिरोसँगै पुरिएका छन् । सिन्धुपाल्चोक जिल्ला घर भएका ५० वर्षीय अर्जुन दाहालको मृत्यु भएको हो । यस्तै, स्काभेटर समेत नदीमा खस्दा पूर्ण रुपमा क्षति भएको छ ।
सोमबार साँझ ५ बजे कालिगण्डकी नदीमा स्काभेटर खसेको हो । मुस्ताङको थासाङ गाउँपालिका(४ घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा अकस्मात माथिबाट सुख्खा पहिरो खसेपछि स्काभेटर कालिगण्डकी नदीमा खसेको मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले जानकारी दिए।
सुख्खा पहिरोले करिव ३ सय मिटर तल कालिगण्डकी नदीमा स्काभेटर खसेको सहायक प्रजिअ गौतमले जानकारी दिए। यस्तै बेनी-जोमसोम सडक विस्तारका लागि लगाइएको टाईम कार्ड खुल्ला गर्ने पर्खाइमा बसेको ना ६ ख ४०८१ नम्बरको यात्रुबाहक बस समेत भाग्यले बचेको छ ।
बसमा समेत सुख्खा पहिरोले क्षति पुर्याएको घासा प्रहरी चौकीका इञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार बसभित्र रहेका करिब १९ यात्रु मध्ये १ जना सामान्य घाइते भएका छन्।
उक्त क्षेत्रमा भिर कटिङ गरेर सडकको ग्रेड डाउन गर्ने तथा सडक चौडा गर्ने क्रममा सुख्खा पहिरो गएको थासाङ-४ का स्थानीय जनप्रतिनिधि विशाल शेरचनले जानकारी दिए ।
उनका अनुसार सुख्खा पहिरोले पुरै सडक पुरिएकाले बेनी-जोमसोम सडक अवरुद्ध भएको हो। बेनी-जोमसोम खण्ड अन्तर्गत म्याग्दी तातोपानीदेखि मुस्ताङको कोवाङसम्मको सडक स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीले लिएको थियो ।
मुस्ताङका निमित्त प्रहरी प्रमुख बिनोद सुवेदीका अनुसार सुख्खा पहिरोले सडक भासिएकाले सडक खुल्न केही दिन लाग्नेछ। सरकारले उत्तरी कोरलानाका जोड्ने लक्ष्यसहित २०७४ सालदेखि सडक विस्तारको काम हुदै आएको छ।
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित