तनहुँ । १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको पहिलो प्याकेजको संरचना बनाउन पुनः टेण्डर आह्वान गरिएको छ ।
तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको पहिलो पटक टेण्डर पाएको कम्पनीले सम्झौताअनुसार काम सुरु नगरेको र दोस्रो ठेक्कामा सहभागी कम्पनीहरू प्राविधिक रूपमा अयोग्य भएपछि शुक्रबार पुनः टेण्डर आह्वान गरिएको हो ।
टेण्डर आह्वान ४५ दिनको समयका लागि दिइएको र १३ अप्रिल बुझाउने अन्तिम मिति तोकिएको तनहुँ जलविद्युत आयोजनाले जनाएको छ ।

आगामी असोज भित्रमा ठेकेदार नियुक्त गरी मंसिर भित्रमा आयोजना स्थलमा परिचालन गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । काम सुरु गरेको १७२३ दिनभित्रमा काम सकिसक्नु पर्ने प्रावधान समेत रहेको छ ।
आयोजनाको बाँधसहितको संरचना (हेडवर्क्स)का लागि पहिलो पटक गरिएको ठेक्का इटालियन कम्पनी सीएमसीले पाएको थियो । सीएमसीले भनेको समयमा काम सुरु नगरेपछि ठेक्का सम्झौता रद्द भएको थियो ।
त्यसपछि वैशाखमा आह्वान गरिएको दोस्रो पटकको ठेक्कामा सहभागीको सूची आयोजना कार्यालयले दातृ निकाय एसियाली विकास बैंक (एडीबी) मा पठाएको थियो । बाँधसहितको संरचना (हेडवर्क्स) निर्माणका लागि गरिएको ठेक्कामा चार कम्पनीले बोलपत्र पेस गरेका थिए ।
चीनको चाइना गेजुवा ग्रुप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड तथा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेस गरेका थिए । दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने गरी बोलपत्र माग गरिएको थियो ।
यी कम्पनीहरूको सूची एडीबीमा पठाइएको र कुनै पनि कम्पनी प्राविधिक रूपमा आयोजना निर्माणका लागि सक्षम नदेखिएपछि पुनः ठेक्का आह्वान गर्ने निर्णय भएको हो ।
पहिलो पटक ठेक्का गर्दा आयोजना २०२४ को जुनभित्र सक्ने लक्ष्य राखिएको थियो । दोस्रो पटकको ठेक्कामा आयोजना निर्माण सम्पन्न मितिलाई २०२४ को डिसेम्बरमा सारिएको थियो । तीन पटक ठेक्का गर्नुपर्दा आयोजना निर्माण सम्पन्न अवधि सन् २०२५ को जुनसम्म धकेलिने अनुमान गरिएको आयोजना प्रमुख प्रदीपकुमार थिकेले बताए ।

पहिलो चरणको संरचनाअन्तर्गत आयोजनाको १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैक (ईआईबी) को सहुलियतपूर्ण ऋण परिचालन हुने आयोजनाले जनाएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका काम गरिरहेको छ ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन बनाउन भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । उक्त कम्पनीले प्रसारण लाइनको सर्भे गरिरहेको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।
यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?