गोरखाको लक्ष्मीबजारमा निर्माणाधीन पोखरीमा डुबेर १३ बाँदर मरे

गोरखाको लक्ष्मीबजारमा निर्माणाधीन पोखरीमा डुबेर १३ बाँदर मरे

IMG_20200303_204656

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारको शिखर खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर मंगलबार १३ वटा बाँदर मरेका छन् ।

आपतकालीन समयमा दमकलले पानी तान्ने गरी वडाको बजेटबाट सो ठाउँमा पोखरी निर्माण भइरहेको हो । ‘त्यही नजिकै घर भएका एक जना दाईले पोखरीमा बाँदरले घेरा हालेको छ, मान्छेलाइ वरपर जान दिएको छैन भनेर खबर गरेपछि हामी पुग्यौं,’ पोखरी निर्माण समितिका अध्यक्ष गणेश थापाले भने, ‘हामी पुग्दा १३ वटा बाँदर पोखरीमा डुबेर मरिसकेछ ।’

स्थानीयको सहयोगमा मरेको बाँदरलाई बाहिर निकालिएको छ । स्थानीय शिखर टोल विकास संस्थाले खाल्डो खनेर पुर्ने तयारी गरिहेको थापाले बताए ।

चार मिटर लम्बाइ, चार मिटर चौडाइ र दुइ मिटर उचाइको पोखरीमा तारबार गर्न बाँकी रहेको उनले जानकारी दिए ।

‘पोखरीमा हामीले पानी हालेका होइनौ, त्यहींभित्रबाट आएको पानी हो, करिब आधा मिटर जति पानी छ, त्यसमै बाँदरहरु परेछन्, बाहिर निस्कन सकेनन् अनि मरे,’ उनले भने ।

मर्ने बाँदर सबै पोथी रहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds