पोखरा नयाँबजारमा पूरानो चौताराको हाँगा काट्न खोज्दा क्रेन पल्टियो, भवन भत्कियो

पोखरा नयाँबजारमा पूरानो चौताराको हाँगा काट्न खोज्दा क्रेन पल्टियो, भवन भत्कियो

nayabazar damkal

पोखरा ८ नयाँबजार, दमकल मार्गमा रहेको पोखरा महानगरपालिका, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको हाताभित्र रहेको पूरानो चौताराको रुखको हाँगा काट्न खोज्दा क्रेन दुर्घटनामा परेको छ । यद्यपी, चालक भने जोगिएका छन् ।

दिउँसो १ बजेतिरको समयमा क्रेनको सहायताले रुखका हाँगा काट्ने बेला एक्कासी हाँगा ढलेर क्रेनलाई समेत पल्टाएको हो । क्रेन र हाँगा दुवै नवनिर्मित योगा भवनमाथि खस्दा भवनमा एक साइड पूरै क्षति भएको छ भने छानामा पनि क्षति पुगेको छ । पछि अर्को क्रेन लगेर पल्टिएको क्रेनलाई उठाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ