पोखरा । खेलको उत्तरार्धमा आएर मात्र गोलको खडेरी तोड्दै डिफेण्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लब १८ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । नेपालमै पहिलो पटक पोखरा रंगशालामा फुटबल खेल्न आएको पाहुना टोली भारतको गान्तोक सिटी फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै थ्री स्टारले विजयी यात्रा सुरु गरेको हो ।
पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा थ्री स्टारका युवा खेलाडी सुशान श्रेष्ठले २ र सन्जोक राईले १ गोलको योगदान दिएका हुन् । सञ्जोक श्रेष्ठले खेलको ७९ औं मिनेटमा मैदानको मध्यभागबाट निशान खड्काको पास सदुपयोग गर्दै एक्लै अग्रता बढाउँदै विपक्षी पोष्टको जाली चुमाएका हुन् । कीपर निम्डुप लेप्चालाई बिट गर्दै गरेको प्रहारबाट उनले टिमलाई अग्रता दिलाए ।
थी्रस्टारले अग्रता लिएपछि लगातार उसको पक्षमा थप २ गोल निस्कियो । १४ मिनेटभित्रै उसले ३ गोल गर्न सक्यो । दोस्रो हाफको इञ्जुरी टाइममा अर्का युवा खेलाडी सुशान श्रेष्ठले २ गोल थपे । थप ३ मिनेटको दोस्रो मिनेटमा सुशानले २ डिफेन्डर छलाउँदै डि एरियाबाट गोल गरेका हुन् । तेस्रो मिनेटमा उनले थप अर्को गोल गरे । प्रतियोगितामा सुशान नै म्यान अफ दी म्याच घोषित भए ।
आहारारामा पाँचौ पटकको विजेता थ्रीस्टारले अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यो सिजनमा थ्रीस्टारले २ वटा खेलमा उपविजेतामै चित्त बुझाएको छ । पोखरामा भने उसले उपाधि रक्षा गर्ने दाउमा रहेको प्रशिक्षक मेघराज केसीले बताए । उनले विपक्षी खेल स्टामिना बुझ्ने क्रममा गोल निकाल्न कठिन बनेको प्रतिक्रिया दिए ।
विपक्षीको खेल कौशललाई पनि उनले प्रशंसा गरे । गोल चाहेकै अवस्थामा कहाँ हुन्छ र, अन्तिम मिनेटसम्म कुर्नु नै फुटबलको विशेषता हो, उनले भने ।आफ्नो टिममा युवा खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै उनले दर्शकले ठूलो आशा गर्न नमिल्ने बताए । थी्रस्टारका कीपर विक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङ मात्र पुराना खेलाडी हुन् ।
यता, पाहुना टोलीका प्रशिक्षक मायाल डोक लेप्चाले अफ्साइड भएको अवस्थामा भएको गोललाई रेफ्री प्रकाशनाथ श्रेष्ठले मान्यता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
मंगलबार हुने चौथो क्वाटरफाइनलमा संकटा क्लब र साविक उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।यसअघि, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब प्रतियोगिताको अन्तिम चारमा आफूलाई सुरक्षित पारिसकेका छन् । प्रतियोगिताको फाइनल १ चैतमा हुनेछ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो