‘विद्यार्थीको विश्वासिलो कन्सल्टेन्सी बेकन’: कार्यकारी निर्देशक अर्याल

‘विद्यार्थीको विश्वासिलो कन्सल्टेन्सी बेकन’: कार्यकारी निर्देशक अर्याल

rudra aryal beacon

पोखरा सिद्धार्थचोक स्थित बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन नेपालकै उत्कृष्ट शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित छ । लामो समयदेखि विद्यार्थी र अभिभावकको मन जित्दै आएको बेकनले आफूलाई विश्वासिलो संस्थाका रुपमा दर्ज गरेको छ ।

विशेषतः उच्च शिक्षा अध्ययनका लागि न्यूजिल्याण्ड, अष्ट्रेलिया, युके र क्यानडालाई प्राथमिकतामा राख्दै आएको छ । बेकन प्रिमियरका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्याल सही परामर्श र विद्यार्थीहरुलाई गन्तव्य राष्ट्र पुगिसकेर पनि निरन्तर साथ र सहयोगकै कारण बेकन विद्यार्थी र अभिभावकको लागि विश्वासिलो संस्था बनेको बताउँछन् ।

वैदेशिक शिक्षाका लागि गर्नुपर्ने तयारी, विद्यार्थी र अभिभावकहरुले विदेश जानुपूर्व गर्नुपर्ने तयारी, अपनाउनुपर्ने सतर्कतालगायतका बारेमा पहिल्यै जानकारी गराउने भएका कारण पनि विद्यार्थीहरुलाई समस्या नहुने अर्यालको दाबी छ ।

उनी भन्छन्ः विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक शिक्षाको अवसर र चुनौतिबारे मसिनो गरी बुझाउँछौं । बेकन नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत भएकाले यो विश्वसनीय संस्था हो । बेकन विशेषतः न्यूजिल्याण्ड, अष्ट्रेलिया, युके र क्यानडा गरेर ४ देशमा बढी फोकस छ । विद्यार्थीले भनेको देश भन्दा पनि विद्यार्थीको भविष्य र गुणस्तरियतालाई ध्यानमा राखेर विद्यार्थीलाई सुझाव प्रदान गर्ने उनको भनाई छ ।

बेकन के हो ? उनकै शब्दमाः

बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयबाट वैदेशिक शिक्षाका लागि परामर्श दिने र त्यसका लागि आवश्यक तयारीहरु आइएलटिएस लगायतका तयारीहरु गराउन आधिकारिक संस्था हो । न्यूजिल्याण्डको लागि हामी ट्रेण्ड एजेन्ट सर्टिफाइड काउन्सिलर हौं ।

न्यूजिल्याण्ड सरकारको आधिकारिक निकाय एजुकेशन न्यूजिल्याण्डबाट ‘एजुकेशन न्यूजिल्याण्ड रिकग्नाइज एजेन्सी’को रुपमा सर्टिफाइड भएको आधिकारिक संस्था बेकन हो । यसले विद्यार्थीलाई सही सूचना र मार्ग्निर्देशन गर्ने, सही तरिका, सहि विधि र विद्यार्थीलाई एकदमै राम्रो भिसा लगाउन सफल संस्था हो भन्ने प्रमाणित भएपछि एजुकेशन न्यूजिल्याण्डले हामीलाई सर्टिफाइड गरेको छ । अष्ट्रेलियाका लागि पनि हामी सर्टिफाइड कन्सल्टेन्ट हौं । संस्था स्थापना भएदेखि नै हामीले विद्यार्थीहरुलाई अष्ट्रेलियाका लागि परामर्श सेवा तथा भिसा प्रक्रियामा सहयोग गर्दै आएका छौं । हाम्रोमा अनुभवी र दक्ष काउन्सिलरहरु हुनुहुन्छ । यूके र क्यानडाका लागि हामी सर्टिफाइड छौं । आइएलटिएस तयारी गर्ने विद्यार्थीहरुका लागि हामीसँग लाइब्रेरीको सुविधा छ । मक टेष्ट पनि गरिन्छ । विद्यार्थीलाई जतिसुकै बेला गाइडेन्स गरिन्छ भने आवश्यकता अनुसार निःशुल्क परामर्श तथा आवश्यक सेवा प्रदान गर्दै आइरहेका छौं ।

बेकन प्रिमियर इन्टरनेसनल एजुकेशनमा विहान ७ बजेदेखि बेलुका ६ बजेसम्मै कक्षा सञ्चालन भइरहेका छन् । न्यूजिल्याण्ड, अष्ट्रेलिया लगायतका देशहरुमा श्रीमान, श्रीमती मध्ये कुनै एक ती देशमा जानुभयो भने पछि डिपेन्डेन्ट भिसामा आफ्नो लाइफ पार्टनरलाई लैजान सक्ने व्यवस्था छ । त्यसका लागि बेकन प्रिमियर इन्टरनेसनल एजुकेशनले आफ्नै वकिलहरु राखेको छ । लाइसेन्स इमिग्रेसन एडभाइजर (वकिल) राखेर डिपेन्डेन्ट प्रोसेसमा जाने विद्यार्थीहरुलाई सहजीकरण गर्दै आइरहेका छौं ।

हामीले विद्यार्थीलाई वैदेशिक शिक्षाबारे परामर्श दिने सर्टि्फिकेट र मान्यता स्वदेश तथा विदेशबाट पाएका छौं । यो त्यत्तिकै पाएका होइनौं । हामीले दिएको गुणस्तरीय सेवाबाट विद्यार्थी र उनीहरुका अभिभावकहरु सन्तुष्ट हुनुहुन्छ भन्ने प्रमाणित भएकै कारण प्राप्त भएको हो । हामीलाई विद्यार्थी र अभिभावकहरुले धेरै विश्वास गर्नुहुन्छ । हामी नेपालकै उत्कृष्ट परामर्श दाताका रुपमा दर्ज भइसकेका छौं ।

विद्यार्थीहरुलाई हामी हचुवाको भरमा परामर्श गर्दैनौं । विद्यार्थीको परिवारको अवस्था के हो ? उसको परिवारको आर्थिक अवस्था कस्तो छ ? उसको पढाई कस्तो छ ? र विद्यार्थीको इच्छा र चाहनालाई मध्यनजर गरेर हामी काउन्सिलिङ गर्छौं । हामी विद्यार्थीले जान चाहेको देशमा भिसा प्रक्रिया कस्तो छ ? सम्बन्धित देशको शिक्षा प्रणाली, शिक्षा नीति कस्तो छ ? र त्यहाँ गएपछि अवसर र चुनौतिहरु के हो ? भन्ने आधार मानेर विद्यार्थी र तिनका अभिभावकहरुलाई काउन्सिलिङ गर्छौं । कतिपय देशमा हचुवाको भरमा विद्यार्थी पठाउँदा अलपत्र परेको, पढ्ने कलेज नै बन्द भएर फर्कनु परेको लगायतका समस्या भोगेको जस्ता कुराहरु सुन्नुपर्दा नराम्रो लाग्छ । त्यसैले हामी जिम्मेवार शैक्षिक परामर्श दातृ संस्थाको हिसाबले, सचेत व्यवसायी तथा दशक लामो अनुभवका कारण पनि उत्कृष्ट सेवा र परामर्श दिइरहेका छौं ।

बेकन प्रिमियर न्यूजिल्याण्ड, क्यानडा, युके लगायतका देशका लागि हामी सर्टिफाइड छौं भने अष्ट्रेलियाको लागि आधिकारिक कन्सल्टेन्ट हौं । हामी पूर्ण रुपमा विद्यार्थीको भविष्यमा केन्द्रित रहेर सेवा दिन्छौं । नतिजा पनि उत्कृष्ट भएकाले अभिभावक र विद्यार्थीको विश्वास पनि जित्न सफल छौं । सोही कारण आगामी दिनमा पनि विद्यार्थीले बेकन रोज्नुहुनेमा हामी विश्वस्त छौं ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ