तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध कारोबारीलाई मंगलबार दमौलीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ४ दमौली बस्ने २६ वर्षीय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो व्यास नगरपालिका वडा नं. २ अमरापुरी स्थितमा सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
व्यास-१ भादगाउँबाट दमौली बजार तर्फ आउदै गरेको ग १५ प २७७७ नं. को पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक गुरुङ लागुऔषध सहित पक्राउ परेका हुन ।
‘संकास्पद हरकद देखाएकोले गुरुङको शरिर खानतलासी गरेका थियौ । डिएसपी लिलाराज लामिछानेले भने ‘ उनले बोकेको झोलाभित्र कालो टेपले बेरी प्याकिङ गरी लुकाई छिपाई राखी सवारी साधनको प्रयोग गरी बिक्री बितरणको लागी हिडेको अवस्थामा रहेको लागुऔषध भेट्यौं ।’
गुरुङको साथबाट अवैध लागुऔषध डाईजेपामको शिशी थान ४३, फेनरागनको शिशी थान ४२, नुफिनको शिशी थान ४२ फेला परेको प्रहरीले जनाएको छ ।
गुरुङलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सवारी साधनहरु चेकजाँच गरी दुर्घटना लगाएतका अन्य अपराधिक गतिविधी न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरी तनहुँले विभिन्न समयमा छड्के चेकजाँच गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
बाढीबाट भएको जनधनको अकल्पनीय क्षतिप्रति प्रदेश प्रमुख भट्टद्वारा दुःख व्यक्त
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन