पोखरामा रगत अभावः दाह्री ग्याङले गर्यो आकस्मिक रक्तदान, १३६ युनिट रगत संकलन (फोटो फिचर)

पोखरामा रगत अभावः दाह्री ग्याङले गर्यो आकस्मिक रक्तदान, १३६ युनिट रगत संकलन (फोटो फिचर)

dari gang (1)

आशिष पुरी । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढेसँगै पोखरामा समेत रगतको अभाव भएको छ । यसलाई मध्येनजर गर्दै पोखरामा सक्रिय दाह्री ग्याङका मेम्बरहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

अवस्था लम्बिए अब रक्त संचार केन्द्र, पोखरामा रगतको हाहाकार हुने अवस्था हुने जनाइएको छ । दाह्री ग्याङ र नेपाल रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १३६ युनिट रगत संकलन भएको दाह्री ग्याङका संस्थापक संयोजक शेखर गौतमले जनाए ।

रगतको अभावसँगै नेपाल रेडक्रस सोसाइटी कास्कीले विगतमा झैं रक्तदान गर्न र रक्तदानका कार्यक्रम आयोजना गर्न सामाजिक संघसंस्थालाई अपील गरेको छ । पोखरामा दाह्री ग्याङ स्थापना भएपछि यो पाँचौ रक्तदान कार्यक्रम रहेको दाह्री ग्याङका संयोजक बसन्त पहारीले जनाए ।

  

तस्विरः दाह्री ग्याङ पोखरा ग्रुप

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ