कास्कीको मादी चितेपानीमा जिप दुर्घटना, ६ जना घाइते

कास्कीको मादी चितेपानीमा जिप दुर्घटना, ६ जना घाइते

acc madi

कास्कीको मादी गाउँपालिका ५ चितेपानीमा आइतबार साँझ साढे ५ बजे जिप दुर्घटना हुँदा ६ जना गम्भिर घाइते भएका छन् ।

पोखराको काहुँखोलाबाट मादी गाउँपालिका ५ को भेसै जानेक्रममा ध १ ज २४६ नम्बरको जिप चितेपानीको उकालोमा विपरीत दिशातर्फवाट आईरहेको गाडीलाई साईड दिनेक्रममा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटना परी घाइते हुनेमा जीप चालक राजु नेपाली सहित त्रिलोचन सापकोटा, रुद्रनाथ सापकोटा, रुद्रमोहन कुईकेल, दिनेश नेपाली, कृष्ण सापकोटा रहेका छन् । उनीहरु मध्ये ५ जनाको पोखराको मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ