‘टलटल टल्कने ऐना, यही हो ज्यान मन पर्छ पर्दैन’ लाई मन पराइयो [भिडियोसहित]

‘टलटल टल्कने ऐना, यही हो ज्यान मन पर्छ पर्दैन’ लाई मन पराइयो [भिडियोसहित]

durgesh anjali

कलाकार दुर्गेश थापा र अञ्जली अधिकारी फिचर्ड नयाँ गीत ‘टलटल टल्कने ऐना’ लाई दर्शकले रुचाएका छन् । लोकप्रिय गायिका देवी घर्ती र क्षितिज सलामी मगरको स्वर रहेको गीतको भिडियोमा दुर्गेश र अञ्जलीले अभिनय गरेका हुन् ।

गायिका देवी घर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई १५ दिनमै साढे ६ लाखले हेरेका छन् । होमराज सुनामको शब्द रचना रहेको गीतमा होमराज स्वयंमको संगीत छ । योगेशकाजीले संगीत संयोजन गरेका छन् ।

भिडियोको निर्देशन चर्चित निर्देशक शिव बिकले गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने पदम सुवेदीले सम्पादन र मिलन बिकले कलर भरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ