Gandak News
Our News Your Views

चलचित्र पत्रकार संघको अध्यक्षमा सिटौला

  • 89
    Shares

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार आयोजित संघको आठौँ महाअधिवेशनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई पराजित गर्दै सिटौला अध्‍यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन पराजुली अर्का उपाध्‍यक्ष (संगठनतर्फ) कुवेर डंगोल, महिला उपाध्‍यक्षमा दीपज्‍योति थापा, महासचिवमा समीर बलामी, सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा , सचिव (जनजाति) तर्फ विशाल राई निर्वाचित भएका छन् ।

प्रदीप कार्की संघको कोषाध्‍यक्षमा निर्वाचित भएका छन् भने सह–कोषाध्‍यक्षमा विनोद पोखरेल विजयी भएका हुन् ।

संघको सदस्‍यहरुमा मिलन ढुगाना, नविन गिरी, गणेश ओली ‘आशिश’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाई र दीपक गुरुङ (समावेशी) आएका छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको