तनहुँको बरादीबाट ७५ थान लागुऔषधसहित युवक पक्राउ

तनहुँको बरादीबाट ७५ थान लागुऔषधसहित युवक पक्राउ

Laguausadh

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छ्न । गोरखाको गोरखा नगरपालिका वडा नं. १४ याङकोट घर भएका २४ वर्षीय अनिल कुमार नहर्कीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको उनका साथबाट नुफिन र फेनेरेगन लगायतको ७५ थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग सडक छेउमा शंकास्पद ढंगबाट रातको समयमा हिँडिरहेको अवस्थामा नहर्कीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नहर्कीलाई लागूऔषध मुद्धामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ