तनहुँको घाँसीकुवामा बस र ट्रक ठोक्किँदा चालकसहित १४ जना घाइते

तनहुँको घाँसीकुवामा बस र ट्रक ठोक्किँदा चालकसहित १४ जना घाइते

Ghasikuwa acc

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ ।
उक्त दुर्घटना परि १४ जना यात्रु घाइते भएका छन् ।

लम्जुङ्गको भोर्लेटारबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख १७६७ नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ३९०६ नम्बरको ट्रक घाँसीकुवास्थित घुम्तीमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालकसहित बसमा सवार ११ जना र ट्रकमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको दमौलीस्थित रत्नहरी अस्पताल र १० जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ