पोखराको बजार क्षेत्र मियापाटनमै घरभित्र चितुवा पस्यो, २ घाइते (भिडियोसहित)

पोखराको बजार क्षेत्र मियापाटनमै घरभित्र चितुवा पस्यो, २ घाइते (भिडियोसहित)

miyapatan chituwa

पोखराको बजारक्षेत्रमै चितुवाले आंतकित पारेको छ । तनहुँ, कास्की, स्याङ्जा, पर्वतमा चितुवाले आतंक फैलाइरहेको समयमा बजार क्षेत्रमै चितुवा देखापरेको हो । विहीबार बिहानै ७ बजेतिरको समयमा पोखरा महानगरपालिका १३ मियापाटन बस्ने खगेन्द्र बहादुर गुरुङको घरमा चितुवा पसेको हो ।

घरभित्र रहेका गोरखाको गोरखा नगरपालिका ७ आमडाडा घर भई हाल औद्योगिक क्षेत्र डेरा गरी बस्ने वर्ष ३० को श्याम थापालाई उक्त चितुवाले आक्रमण गरेको हो । तत्काल घटनास्थलमा प्रहरी खटिएको थियो । ढोका खोल्ने बित्तिकै सशस्त्र प्रहरी नं.३४ गुल्म औद्योगिक क्षेत्रमा कार्यरत स.प्र.ह.वर्ष ३६ को फटिक मगरलाई झम्टिएको थियो । उनको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिए । थापाको भने टाउको र दाहिने पाखुरामा आक्रमण गरेको छ ।

https://www.facebook.com/gandaknews/videos/1098061393861419/

दुवै घाईतेलाई पश्चिम क्षेत्रिय अस्पताल पोखरामा लगिएको थियो । उक्त आक्रमण गर्ने चितुवालाई सोही घरको बाथरुममा थुनी वन कार्यालयलाई जानकारी गराईएका थियो । चितुवालाई खोरमा पारी नियन्त्रणमा लिइएको थियो ।

यसअघि, माघ २३ गते पोखरा महानगरपालिका ३२ काठेगाउँकी ७ वर्षीया बालिका पूजा बिकको ज्यान लिएको थियो । पोखरा – ३२ तल्लो गगनगौंडा स्थित हिमालय आधारभूत विद्यालय परिसरमा पसेको चितुवालाई भने नियन्त्रणमा लिइएको थियो । साउन १ गते पोखरा १६ चिप्लिकुनामा रहेको एक कुखुरा फार्ममा पसेको चितुवालाई पनि टेलइन्जेक्ट डार्टगनबाट बेहोस बनाई नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ