गण्डकीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुका सम्पत्ति : कसको कति ? (हेर्नुहोस् )

गण्डकीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुका सम्पत्ति : कसको कति ? (हेर्नुहोस् )

gandaki mantri sampati

गण्डकी प्रदेश सरकार गठन भएको २ वर्षपछि बल्ल मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक मन्त्रीले अझै सार्वजनिक गर्न सकेका छैनन् । गण्डकी प्रदेश सभा अन्तर्गत सार्वजनिक लेखा समितिले पटक/पटक सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएपछि मन्त्रीहरूले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरूपयोगसम्बन्धी कानुनी व्यवस्थामा सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। उक्त सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेका थिएनन्।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ७ जनाको मन्त्रीपरिषदमा ६ जना मन्त्रीको मात्र सम्पत्ति विवरण सार्वजनिक भएको छ। सामाजिक विकास मन्त्री नरदेवी पुनको भने विवरण सार्वजनिक भएन। मन्त्री पुनको विवरण नआइपुगेकाले सार्वजनिक नभएको जनाइएको छ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले विवरण सार्वजनिक गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति विवरण

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग ५१ तोला सुन र ९० तोला चाँदी रहेको छ। उनले सम्पत्तिको स्रोतमा पैतृक सम्पत्ति, श्रीमतीको दाइजो तथा पेवा, खरिद र उपहार भएको जनाएका छन्। मुख्यमन्त्री गुरुङको पुर्ख्यौली थलो लमजुङको कोलासोंथर ९ गिलुङको टक्सारमा तीन वटा घर भएको उल्लेख छ।

एउटा घर आफ्नो नाममा र २ वटा घर बहिनी आशकुमारी गुरुङको नाममा रहेको छ। मुख्यमन्त्री गुरुङले सम्पत्ति विवरणमा ३९ रोपनी ३ आना जग्गा रहेको उल्लेख गरेका छन्। यस्तै, उनीसँग नगद १६ लाख ५० हजार रुपैयाँ रहेको छ। जुन रकम एभरेष्ट बैंक पोखरामा १५ लाख ५० हजार र सिभिल बैंकमा १ लाख रुपैयाँ रहेको छ।

मुख्यमन्त्री गुरुङका छोरा विज्ञान गुरुङको नाममा नबिल बैंकमा ६० लाख र लक्ष्मी बैंकमा १० रुपैयाँ रहेको छ। यति एयरलाइन्सका पाइलट रहेका विज्ञानको नाममा रहेको यो रकम पारिश्रमिकका रूपमा प्राप्त भएको विवरणमा उल्लेख छ।

विज्ञानको नाममा पिपुल्स हाइड्रोपावर कम्पनीको १५ हजार कित्ता शेयर समेत छ। यो कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपरदोर्दी ख जलविद्युत आयोजना निर्माण गर्दैछ। उक्त शेयर जग्गा बेचेर खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

मुख्यमन्त्री गुरुङका श्रीमती कुमारीमुनि गुरुङको नाममा सिभिल बैंकमा ३ लाख ५० हजार रुपैयाँ नगद छ। उनको नाममा लमजुङको बेंसीशहरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा ५ लाख र राष्ट्रिय वाणिज्य बैंकमा २ लाख रुपैयाँ रहेको पनि विवरणमा उल्लेख छ। कुमारीमुनि लमजुङको कोलासोंथर गाउँपालिकाका उपाध्यक्ष समेत हुन्।

मुख्यमन्त्री गुरुङले छोरी ईश्वरी गुरुङको नाममा १ लाख २० हजार खरिद मूल्य रहेको स्कुटर र छोरा विज्ञानको नाममा ५ लाख मूल्य बराबरको मोटरसाइकल र माउण्टेन बाइक रहेको उल्लेख गरेका छन्। मुख्यमन्त्री गुरुङको सम्पत्तिमा ९ वटा भेंडा र ७ वटा बाख्रा समेत रहेको उल्लेख गरेका छन्।

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण

किरण गुरुङ, आर्थिक मामिला मन्त्री

आमा बालकुमारी गुरुङको नाममा तनहुँको भिमादमा घरसहित ११ रोपनी जग्गा।

बुबा तुलाराम गुरुङको नाममा ३७ रोपनी जग्गा। आमाको नाममा २७ रोपनी। भानुमति सुन्तला फार्म भिमादमा २४ रोपनी जग्गा ५ दाजुभाइको संयुक्त।

श्रीमती कृष्णकुमारी श्रेष्ठको नाममा पोखरामा २ सय २५ वर्ग मिटर जग्गा। पर्वतमा श्रीमतीको नाममा ६ आना र ललितपुरमा ५ आना जग्गा।

किरण गुरुङको नाममा ४ तोला सुन, श्रीमतीको नाममा १५ तोला

धितोपत्र शेयर र ऋणपत्रको विवरण

नयाँ कृषि अभियान सहकारी भिमाद किरण गुरुङको नाममा १० कित्ता शेयर

तनहुँ सूचना सहकारीमा २५० शेयर। श्रीमती श्रेष्ठको नाममा सेल्फी इन्भेष्टमेन्ट कम्पनीमा ५ हजार कित्ता शेयर।

श्रीमतीकै नाममा गण्डकी प्रोपर्टी प्रालिमा १ लाख शेयर। पोखरा रोयल सहकारीमा १ हजार कित्ता शेयर।

छोराहरू केविन आकाश गुरुङ र रविन आकाश गुरुङ को नाममा सेल्फी इन्भेष्ट कम्पनीमा ५/५ हजार कित्ता शेयर।

सवारी साधन

एउटा स्कोर्पियो जीप नेपाल बैंक लिमिटेडलाई मासिक ५५ हजार किस्ता बुझाउने गरी खरिद।

रामशरण बस्नेत, भौतिक पूर्वाधार विकास मन्त्री

बुबा लिलाबहादुर बस्नेत र आमा दयाकुमारी बस्नेतको नाममा गोरखाको नारेश्वरमा घरसहित २ रोपनी। सोही स्थानको अर्को ठाउँमा ३ रोपनी १४ आना जग्गा रहेको।

अर्को कित्तामा बुवाको नाममा ५० रोपनी जग्गा रहेको। सुन १४ तोला र चाँदी १० तोला।

रामशरण बस्नेतको नाममा एभरेष्ट बैंकमा ४ लाख ५० हजार। एनएमबी बैंकमा ५ हजार। नबिल बैंकमा ७ हजार रहेको।

कृषि विकास बैंकको २ सय २३ कित्ता शेयर रहेको ।

ऋण तिरेको विवरण

कृषि विकास बैंकबाट लिएको १० लाख ऋण तिरेको। किसान थापालाई ४ लाख, प्रकाशबाबु बस्नेतलाई ४ लाख र प्रेम गुरुङलाई १ लाख ऋण दिएको।

सवारी साधन

४० लाख ५० हजार खरिद मूल्य रहेको एउटा बस रहेको ।

नमूना कृषि तथा पशुपंक्षी फार्म ६५ रोपनी क्षेत्रफलमा बाख्रापालन। २० वटा बाख्रा २ लाख २५ हजार मूल्य बराबरको रहेको। स्रोत पैतृक सम्पत्ति, नियमित आम्दानी र पुस्तक व्यवसाय।

गोरखा बुक्स एण्ड स्टेसनरी २० लाख रुपैयाँमा खरिद गरेको।

हरिबहादुर चुमान, आन्तरिक मामिला तथा कानुन मन्त्री

तनहुँको आँबुखैरेनीमा घरसहित २ रोपनी जग्गा श्रीमती धनकुमारी चुमानको नाममा सुन १० तोला ।

नगद मौज्दात

माछापुच्छ्रे बैंकमा २५ हजार, एभरेष्ट बैंकमा १ लाख ५० हजार । कृषि विकास बैंकमा ३२ थान शेयर।

विकास लम्साल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

पर्वतको फलेबासमा घरसहित ३ रोपनी जग्गा।

फलेबासमै अर्को ३ रोपनी जग्गा रहेको। नगद ५ लाख, १० तोला सुन र ५० तोला चाँदी।

नगद मौज्दात

राष्ट्रिय वाणिज्य बैंकमा ३ लाख ५० हजार। ग्लोबल आइएमई बैंकमा १ लाख ५० हजार। गण्डकी विकास बैंकमा १ लाख ३९ हजार र एभरेष्ट बैंकमा ४ लाख १० हजार रहेको।

उक्त रकमको स्रोत नियमित आम्दानी।

शेयर र धितो पत्र

कृषि विकास बैंकको शयर ३ सय कित्ता।

ऋण दिए/तिरेको विवरण

कृषि विकास बैंकबाट ३५ लाख ऋण लिएको र हालसम्म २० लाख तिरेको। तिर्न बाँकी १५ लाख ।

निजी सवारी साधन

एउटा मोटरसाइकल र एउटा स्कुटर। दुबै छोरीको नाममा रहेको छ ।

श्रीमतीको नाममा रहेको सम्पत्ति विवरणमा समेटिएको छैन। मन्त्री लम्सालका श्रीमती मञ्जु अधिकारी लम्साल पर्वतको फलेवास नगरपालिकाका उपमेयर छिन्।

लेखबहादुर थापा मगर, कृषिमन्त्री

घरले चर्चेको जग्गा संयुक्त परिवार घर, बारी, खेतसहित ३१ रोपनी। सुन ३५ तोला रहेको।

नगद मौज्दात

कृषि विकास बैंकमा १ लाख, एभरेष्ट बैंकमा ३ लाख ७ हजार ।

धितोपत्र शेयर र ऋणपत्रको विवरण

गोरखाको दरौंदी बचत तथा ऋण सहकारीमा एक लाख कित्ता शेयर रहेको। व्यक्तिगत रूपमा लागेको ३ लाख रुपैयाँ ऋण तिरेको।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ