कोरोना प्रभाव: मुक्तिनाथ मन्दिर प्रवेशमा रोक

कोरोना प्रभाव: मुक्तिनाथ मन्दिर प्रवेशमा रोक

muktinath

File Photo

मुस्ताङ्ग । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्न र बचाउन मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाएको छ ।

मुक्तिनाथ विकास समितिले आइतबार एक सुचना जारि गर्दै चैत १० गते सोमबारदेखि लागु हुनेगरि अर्को सूचना प्रकाशित नहुदा सम्म कागबेनीघाट श्राद्धस्थल, मुक्तिनाथ मन्दिर तथा गुम्बामा समेत प्रवेश रोक निर्णय गरेको छ ।

मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर तथा गुम्बामा स्वदेशी तथा विदेशी पर्यटक आइरहेको अवस्थामा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले निर्णय गरिएको प्रमुख जिल्ला अधिकारि वेदप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ