Breaking News: तनहुँको ऐना पहराबाट बस खस्यो, ३ जनाको घटनास्थल मै मृत्यु, २१ घाइते

Breaking News: तनहुँको ऐना पहराबाट बस खस्यो, ३ जनाको घटनास्थल मै मृत्यु, २१ घाइते

IMG_20200322_192152-scaled

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुुखैरेनी गाउँपालिका-३ ऐना पहरा नजिक आइतबार साँझ मिनि बस दुर्घटना भएको छ ।

पोखराबाट दाङका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको मिनि बस सडकबाट १ सय मिटर तल मर्स्याङ्ग्दीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवाले जानकारी दिए ।

उक्त दुर्घटना ३ जना यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

दुर्घटना २१ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको आबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बसमा १६ जना सडक निर्माण गर्ने कामदार र अन्य ८ गरि कुल २४ जना यात्रु रहेको प्रहरी निरिक्षक सुवेदीले जनाकारी दिए । घटना स्थलबाट घाइतेहरुको उद्वार भईरहेको प्रहरी निरिक्षक सुवेदिले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds