तनहुँ । तनहुँको दमौली स्थित कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई पुर्ण रुपमा बन्द गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको जिल्ला कारागार कार्यालय तनहुँले जनाएको छ । कारागार व्यवस्थापन विभागको अर्को निर्णय नहुदाँ सम्म भेटघाट पुर्णरुपमा बन्द गरिएको हो ।
त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि स्वास्थ्य जाँच गर्न दमौली अस्पताल संग समन्वय गरि व्यवस्था गरिएको छ ।
कैदी तथा कर्मचारीलाई सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजाने व्यवस्था मिलाइएको कारागार तनहुँका जेलर नारायण अधिकारिले बताए ।
अहिले कारागार तनहुँका आफ्नो स्वास्थ्यकर्मी छैन त्यसैले दमौली अस्पताल संग सहकार्य गरि कैदीबन्दिको उपचार गराउदै आएको छ ।
गत शुक्रबार सम्म कैदीबन्दीलाई अत्यावश्यक रुपमा भेट्न दिईएको भएपनि अब भने पुर्ण रुपमा भेटघाट बन्द गरिएको जेलर अधिकारिले जनाकारी दिए । उनले थपे ‘कारागारमा टेलिफोनको व्यवस्था छ, कैदिबन्दिलाई परिवार संग फोनबाट कुराकानी गर्ने व्यवस्था मिलाईएको छ ।’
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?